रुखबाट लडेर युवकको मृत्यु

कपन अनलाइन 

बाजुरा, ११ फागुन । बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताउनुभएको छ ।

मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको पाध्यायले जानकारी दिनुभएको छ । डालेघाँस काटेर रुखबाट भुइँमा झर्दा रोकायाको मृत्यु भएको हो ।

रोकायाको मृत्यु भएपछि ६ महिनाकी छोरी र मृतककी पत्नी सहाराबिहीन भएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।