बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट घाइते

कपन अनलाइन 

वालिङ, १० फागुन । स्याङ्जाको कालिकाकोट गाविस–७ आङभाङमा आज बाघको आक्रमणबाट स्थानीय हुमकान्त चापागाई घाइते भएका छन् ।

प्रहरी कार्यालय वालिङका अनुसार घर नजिकैको बारीमा काम गर्ने क्रममा ६० वर्षीय चापागाईलाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका चापागाईको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।