लडेर दृष्टिविहीन छात्राको मृत्यु

कपन अनलाइन 

बाबियाचौर (म्याग्दी), ९ फागुन । दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ ।

मृत्युहुनेमा लुलाङ–७ लमसुङका आठ वर्षीया यममाया विक रहेका छन् । म्याग्दीको पिप्ले–९ मौवाफाँटस्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा २ मा अध्ययनरत उनको आइतबार साँझ मृत्यु भएको हो ।

विद्यालयमा निर्माणाधीन भवनबाट लडेर रडमा ठोक्किँदा घाइते भएकी उनको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिप्रका म्याग्दीका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।