जनार्दन शर्मा र कुलमान घिसिङलाई गोकर्णेश्वरमा नागरीक सम्मान
कपन अनलाइन
काठमाडौं जिल्लाको पुर्वाेत्तरमा रहेको प्रशिद्ध गोकर्णेश्वर नगरपालिकामा उर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई नागरीक अभिनन्दन गरिएको छ ।
कार्यक्रम संयोजक टिआर नेपालका अनुसार सो नगरपालिकाका स्थानीय जनताका तर्फबाट देशको विकासमा महत्वपूर्ण भूमिका खेलेको कारण उर्जा मन्त्री र बिद्युत प्राधिकरणका निर्देशकलाई अभिनन्दन गरिएको हो ।
काठमाडौं जिल्लामै पहिलो पटक भएको यस खाले अभिनन्दनमा स्थानीयवासीहरुको उल्लेखनीय उपस्थिति थियो । संयोजक नेपालले कपन अनलाइनसँग कुरा गर्दै नागरीक अभिनन्दन लिँदै उर्जामन्त्री जनार्दन शर्माले देशको विकासमा आफ्नो तर्फबाट गरेको सामन्य प्रयासले भूमिका खेलेको प्रति सन्तुष्टि प्राप्त भएको बताउँदै अझै महत्वपूर्ण योगदान दिन आफू तयार भएको बताए ।
सुन्दरीजलमा भएको नागरीक अभिनन्दन समारोहमा नागरीक अभिनन्दन ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल चाँडै लोडसेडिङमुक्त हुँदै गरेको बताए । घिसिङले अबको २ वर्षमा नेपालले १५०० मेघावाट बिजुली उत्पादन गर्ने बताउँदै नेपाल बिजुली निर्यात गर्ने देशको रुपमा विकास हुने बताए । कार्यक्रम गोपाल रेग्मीको अध्यक्षतामा भएको थियो ।
स्थानीय गोकर्णेश्वर नगरपालिका सहजीकरण समितिका सदस्य समेत रहेको टिआर नेपालको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधिहरुको उपस्थिति भए पनि सो क्षेत्रका सांसद रामेश्वर फुयाँल र उनको पार्टी नेकपा एमाले भने आधिकारिक रुपमा उपस्थित रहेको थिएन।