सबै नेपालीको एकतामा मात्रै देश अगाडी बढ्न सक्ने एमाले उपाध्यक्ष रावलको भनाई
कपन अनलाइन /एकेन्द्र महता
अछाम। नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्रि भीम रावलले सबै नेपालीको एकतामा मात्रै देश अगाडी बढ्न सक्ने बताँउनुभएको छ । नेकपा एमाले अछाम क्षेत्रनम्वर २ को कार्यकर्ता भेलालाई सम्वोधन गर्दै रावलले सो कुरा बताएका हुन ।
सबै नेपालीको एकता, आपसी सदभाव र हितको लागिनै देशमा संघियता ल्याईएको उल्लेख गर्नुभयो । नेपाली जनताले ७० वर्ष लगायर देशलाई यो अवस्थामा पुर्यायको भन्दै नेता रावलले सबैले, शिक्षा स्वास्थ्य र ईज्जत प्रतिष्ठालाई अगाडी बढाँउन पाउनुपर्ने उल्लेख गर्नुभयो ।
जनताले आफनो अधिकारलाई राम्ररी उपयोग गर्न पाँउन भनेर नै देशमा संघियता ल्याईएको भन्दै नेता रावलले केही दलले तराँई पहाड मिल्नै नहुने कुरा गरेर आतंक मच्चाईरहेको आरोप लगाँउनुभयो । २ नम्वर प्रदेमा चुनाव हारेकाहरु ५ नम्वर प्रदेशमा आएर जनता भड्काईरहेको उहाँको भनाई थियो ।
अव सबै नेपाली एकजुट भएर नेपालको मुहार फेर्ने बेला भएको उपाध्यक्ष रावलको भनाई थियो । संविधानको कुन धारा कुन ब्यावस्थाले कुन जनता र कुन समुदायलाई असर गर्यो काँग्रेस माओवादीले भन्न सक्नुपर्यो भन्दै रावलले प्रश्न समेत गर्नुभयो । सरकारले संविधान संसोधनका नाममा बेमौसमको झ्याली पिटिरहेको बताँउदै सच्चा देशभक्तहरुले संविधान संसोधन गर्नुपर्छ भनेर नभनेको उल्लेख गर्नुभयो ।
नेपालमा महिलाहरु पनि राष्टपति, सभामुख र प्रधानन्यायधिस भएको स्मरण गर्दै नेता रावलले यस्तो ब्यावस्था संसारको कुनैपनि देशमा नभएको बताँउनुभयो । नेपालको संविधान कााग्रेस एमाले र माओवादी मिलेरै ल्यायको संविधान कार्यान्वयन पनि सबै मिलेरै गर्नसकिने नेता रावलको भनाई थियो ।
यसैविच नेकपा एमाले अछाम क्षेत्रनम्वर २ को क्षेत्रीय कार्यकर्ता भेला सम्पनन भएको छ । क्षेत्रीय अध्यक्ष सुरेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रिय बैकल्पिक सदस् प्रकाश शाह बिशिष्ट अतिथी रहनुभएकको थियो । यस्तै कार्यक्रममा जिल्ला अध्यक्ष शेर बहादुर कुवर, पूर्व सभासद भैरे कामी, प्रदेश सदस्य कुल बहादुर कुवर, कमल तिमिल्सेना, बम बहादुर बिसी, रुप परियार, मिना साउद, पूर्व जिविस सभापति कृष्ण प्रसाद जैसी, पूर्व अञ्चल सदस्य गोविन कुवर, एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायत, सचिव यज्ञ बोगटी लगायतका अतिथीले मन्तब्य राख्नुभएको थियो ।
उपाध्यक्ष महेन्द्र बिकले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव राजबहादुर शाहीले गर्नुभएको थियो ।