बसको ठक्करबाट निकुञ्जका कर्मचारी घाइते

कपन अनलाइन 

कञ्चनपुर, १८ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेम स्काउट(संरक्षणकर्मी) पदमा कार्यरत २५ वर्षीय नरेन्द्र कुँवर आज बसको ठक्करबाट सख्त घाइते हुनुभएको छ ।

पूर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकबाट भीमदत्तनगरतर्फ जाँदै गरेको ना ५ ख ९६४७ ननंको बसले ठक्कर दिँदा कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक जगतबहादुर मल्लले बताउनुभयो ।

घाइते कुँवरलाई तत्कालै महाकाली अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको बरेली लगिएको छ । ठक्कर दिने बस र चालक इप्रका झलारीको नियन्त्रणमा छन् । रासस

तपाइँको प्रतिक्रिया ।