मोटरसाइकलको ठक्करबाट दुईजना गम्भीर घाइते

कपन अनलाइन 

रुकुम, १७ माघ । सहायक प्रमुख जिल्ला अधिकारीको मोटरसाइकलले ठक्कर दिँदा रुकुममा दुईजना गम्भीर घाइते भएका छन् ।

मुसिकोट नगरपालिकाको ठारढुङ्गामा रहेको आफ्नो घरबाट आज बिहान कार्यालय आउँदै गर्दा सहायक प्रजिअ शेरबहादुर पुन चढेको रा१ब २४९ नंको मोटरसाइकलले ठक्कर दिँदा मुसिकोट नगरपालिका–६ का ५५ वर्षीय लोकबहादुर खत्री र सल्यान बाक्चौर की १० वर्षीया भविता पुन घाइते भएका हुन् ।

घाइते खत्रीको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको जिप्रका, रुकुमले जानकारी दिएको छ । घाइते दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।