मोडलिङमा भाग्य खोज्दै सोफिया

मोडलिङमा भाग्य खोज्दै सोफिया

काठमाडौं । मोडलिङ संसार, रंगीन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद होलान् नाम कमाउन र चर्चित बन्ने चाहना बोकेका । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाई स्थापित गराउन र सिने जगत्मा भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सोफिया पोमु लागेकी छिन ।
पूर्बको सुन्दर शहर धरानकी स्थायी बासिन्दा सोफिया काठमाडौंलाई कर्मथलो बनाएर अहिले लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसैअनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त सोफिया पोमु सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनिभित्रको आकर्षण पनि हो । दर्जनौं फेसन सो हरुमा ¥यांप मोडलिङ गरेर चर्चा कमाइसकेकी सोफियाले केही म्युजिक भिडियोमा समेत अभिनय प्रस्तुत गरिसकेकी छन् । उनी अभिनय, नृत्य र कलालाई अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
भर्खर मात्र २० आंै बसन्तमा प्रवेश गरेकी सोफिया पोमु हेर्दा सार्है नै आकर्षित छिन, हाँसी रहने शालिन स्वभावकी सोफिया पोमु यदि राम्रो ठाउँबाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेरदेखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ । सोफिया पोमु अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्न कोसिशरत छिन ।

 

सोफिया पोमु भन्छिन अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा ट्यालेन्ट प्रदर्शन गरेर छुट्टै पहिचान बनाउँछु । उनि भन्छिन– मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ  जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन क्षमता प्रदर्शन गरेर लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउँछिन ।

फोटो: नबिन गुरुङ 

तपाइँको प्रतिक्रिया ।