विकृति-विसंगति रोकथाम र न्यूनिकरणका लागि प्रहरी तयार
कपन अनलाइन, एकेन्द्र महता, साँफेबगर
अछाम साँफेबगर ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र कुमार कलौनीले अपराध, अनुसन्धान, विकृती, विसंगती रोकथाम र न्युनिकरणका लागि आफु तयार रहने बताएका छन् । बाँके जिल्लाबाट सरुवा भएर ईलाका प्रहरी कार्यालय साँफेबगरको प्रमुखको रुपमा आउनु भएका प्रहरी निरीक्षक कलौनीले सो कुरा बताए ।
नयाँ प्रहरी निरिक्षकको आगमन भएपछि ईलाका प्रहरी कार्यालय साँफेबगरले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले आफु र ईलाका प्रहरी कार्यालय न्युन जनशक्ति र न्युन सवारी साधनका बाबजुद पनि नागरीकलाई जति सक्दो चाँडो सेवा सुविधा प्रदान गर्न तयार रहेको बताए । उक्त परिचयात्मक कार्यक्रमसँगै जिल्लाबाट कामको लागि अन्यत्र विषेश गरी भारत जाने र उतैबाट वेपत्ता हुने हराएउने गरेकाले यो क्रम रोक्ने उद्धेश्यले जनचेतनामुलक श्रव्य तथा श्रव्यदृष्य (अडियो र भिडियो) पनि वितरण गरिएको थियो ।
सो कार्यका लागि अछाम जिल्लाभित्र रहेका सार्वजनिक यातायात र जिल्ला धन्दा बाहिर जाने सवारी साधनहरुमा वितरण गरेका श्रव्य तथा श्रव्यदृष्य (अडियो र अडियो भिडियो) सन्देस प्रसारण गरी नागरिकलाई सुशुचित र जनचेतना जगाउने कार्यको पनि आजैबाट सुरु गर्ने तयारी गरिएको छ । कार्यक्रममा साँफेबगर नगरपालिका र आसपास छिमेकी गाविसहरुमा रहेका विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधी, सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।