गोकर्णेश्वर नगरपालिकाले भोलि बजेट पेश गर्दै(कुन वडामा कति बजेट हेर्नुस्)
कपन अनलाइन
काठमाडौँ । राजधानीको उत्तरपूर्वी क्षेत्रको महत्वपूर्ण गोरकर्णेश्वर नगरपालिकाले आ व २०७४र७५ का लागि भोलि २९ पौषका दिन बजेट पेश गर्दैछ । गोकर्णेश्वर नगरपालिकाले सडक, खानेपानी, ढलनिकास जस्ता विषयलाई यो बजेटमा ध्यान दिएको बताएको छ । कपन अनलाइनलाई प्राप्त जानकारी अनुसार हरेक वडामा यस प्रकार बजेट बिनियोजन हुँदैछ । नगरपालिकाले हरेक वडालाई पुँजिगत खर्चका लागि ४० लाख प्रदान गर्ने जनाएको छ । नगरपालिकाले भोलि प्रस्तुत गर्ने बजेट कूल २१ करोड ३९ लाख २७ हजार हुने बताइएको छ ।
वडा नम्बर १
सार्वजनिक निर्माण स् मुलखर्क,चिलाउने,एक सडकको लागि स्तर उन्नति गरिने भएको छ । जसका लागि २६ लाख रुपया छुट्याउने तयारी गरिएको छ।
महिला तथा बालबालिका तर्फको १० प्रतिशत बजेटबाट नेत्रित्व विकास तालिम २ लाख र व्यावसायिक पशु तथा कुखुरा पालन तालिमका लागि २ लाख छुट्याउने तयारी गरेको छ ।
बालबालिकाको बजेट बाट वृति विकासको लागि शैक्षिक भ्रमण तथा अवलोकनका लागि ईश्वरी नि मा वि र बाघद्द्वार माविलाई १ लाख रुपियाँ उपलब्ध गराउने तयारी गरिएको छ।
ईश्वरी नि मा वि को खेलकुद मैदान निर्माण तथा उद्दन निर्माण गर्नको लागि ३ लाख रुपयाँ छुट्ट्याइएको छ ।
आदिवासी जनजाति जेष्ठ नागरिक तथा अपाङ्ग, मधेसी, तथा अन्य पिछडिएका वर्गहरूको नाममा आएको १५ प्रतिशत बजेट बाट डकर्मी तथा सिकर्मी तालिम दिने तयारी गरेको छ जसका लागि २ लाख रुपियाँको बजेट छुट्ट्याइएको छ ।
मेकानिक तालिम अन्तर्गत मोटरसाइकल मर्मत तालिम संचालन गर्ने छ त्यसको लागि २ लाख, अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सामग्री खरिद गरि वितरण गर्न १ लाख
जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्न रु १ लाख बजेट विनियोजन गरेको छ भने गोकर्णेश्वर वडा नम्बर १ को बजेट ४० लाख रुपियाँ रहेको कपन अनलाइन स्रोतको दाबी छ ।
वडा नम्बर २
सार्वजनिक निर्माण स् शिविपुरी सिमाना देखि देउराली सम्मको सडक स्तर उन्नति गर्न ३६ लाख छुट्याइएको छ ।
महिला तथा बालबालिका तर्फको १० प्रतिशत बजेटबाट कम्पुटर सिप प्रशिक्षण तथा समुख घरको लागि कम्पुटर खरिद गरिदिने भएको छ ।जसको लागि ४ लाख रूपयाँको बजेट दिने तयारी गर्दै गरेको छ ।
बालबालिकाको बजेट मा आएको १० प्रतिशत बजेट बाट बालबालिकाको शैक्षिक सुधार तथा खेलकुदको लागि १ लाख र विद्यालय भौतिक सुधारकाली ३ लाख रुपियाँ छुट्टाइएको छ ।
आदिवासी जनजाति जेष्ठ नागरिक तथा अपाङ्ग, मधेसी, तथा अन्य पिछडिएका वर्गहरूको बजेट बाट कातिके खानेपानी ३ लाख
इलेक्ट्रिक वेल्डिंगतालिम संचालन गर्ने निर्णय गर्दै १ लाख
चियान पार्टी मर्मत गर्नको लागि २ लाख रुपियाँ छुट्टाइएको छ ।
वडा नम्बर ३
सार्वजनिक निर्माण स् राक्से खोलाबाट बसपार्क सम्म जोड्ने सडक ६ लाख,
बसपार्क देखि चौतारा, लप्सी फेदी हुदैँ महाङ्काल सम्म जोड्ने सडक १५ लाख
टाउकेटार बाटो निर्माणका लागी ५ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट मखमली जुत्ता बनाउने तालिम २ लाख
राक्से खोला देखि ओडार सम्मको महिलाका लागी कुखुरा पालन तालिम १ लाख
नागरिक सचेतना केन्द्रद्धारा आयोजना गर्ने क्षमता अभिविद्धि तालिमका लागी १ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट पिडालु बारीमा बाल उद्यान निर्माणका लागी ४ लाख रुपियाँ छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट चौतारा घाट सगैँ तामाङ्ग घाट निर्माण छ जसका लागी ४ लाख बजेट बजेट छुट्याइएको छ ।
चौतारा घाट मर्मत का लागी १ लाख र स्थानिय संस्कृति तथा मन्दिर संरक्षण का लागी रुपियाँ १ लाख छुट्याइएको छ । जस अनुसार गोकर्णेश्वर वडा नम्बर ३ को ४० लाख रुपियाँ रहेको छ ।
वडा नम्बर ४
सार्वजनिक निर्माण: हालीको बस्तीमा बाटो विस्तार ५ लाख,
वि.पि. चोक देखि खहरे खोला सम्म जानेबाटो निर्माण ५ लाख,
खानेपानी सस्थानको मूल पाइप देखि वि.पि. चोक सम्म जि.आइ. पाइप विस्तार १ लाख,
वि.पि. चोक देखि फोरिकल्चर हुदै बागमति सम्म जाने बाटो निर्माण ५ लाख
बाराही चोकाबाट कुलो बाटो विस्तार वेत बाराही मन्दिर जानेबाटो निर्माणका लागी ५ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट बाख्रा पालनका लागी ४ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट श्री राम जानकी आधारभूत विद्यालय परिसरमा बाल उद्यान निर्माणका लागी रुपियाँ ४ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट नयाँपाटी स्वस्थ्य चौकीको लागी आवश्यक पूर्वधार निर्माणका लागी रुपियाँ ६ लाख छुट्याइएको छ ।
वडा नम्बर ५
सार्वजनिक निर्माण ः नयाँपाटी बृहत खानेपानी योजना निरन्तरता १५ लाख,
चण्डिकाश्वरी हुदै मेलम्ची चोक सम्म जाने बाटो ५ लाख,
राजेश घटानेको घर देखि देविस्थान हुदैँ खहरे खोला सम्म ह्मिपाईप जडान ४ लाख
मुल पिच सडक मोहन कृष्णको घर देखि दिलिप पण्डितको घर सम्म ह्मिपाईप जडानका लागी रुपियाँ २ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट महिला तालिम केन्द्र भवन निर्माणका लागि रुपियाँ ४ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट बाल सुधार विद्यालयलाई छात्रवृति कार्यक्रमका लागी रुपियाँ ४ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट दलित हस्ताकला कार्यक्रम १५ लाख ्
तामाङ्ग कला संस्कृति संरक्षण १५ लाख
नेवार कला संस्कृति संरक्षण २ लाख २५ हजार,
जेष्ठ अपाङ्गनागरिक सम्मान कार्यक्रमका लागी ७५ हजार छुट्याइएको छ ।
वडा नम्बर ६
सार्वजनिक निर्माण ः देवस्थलबाट स्वर्गपुरी जाने बाटो विस्तार ३ लाख,
देवस्थल देखि भिमसेनस्थान सम्म ढल कुलो ग्राभेल २ लाख,
वाइवाटोल देखि पाञ्चकन्या मन्दिर सम्म जाने बाटो निर्माण २ लाख,
जनतरे खानेपानी २ लाख, ढोभञ्ज्याङ्गदेखि छोटे डाँडा सम्मको बाटो ग्राभेल निर्माण ३ लाख,
भैरव चोक देखि पाञ्चायन मन्दिर सम्मको बाटो कुलो ग्राभेल निर्माण ४ लाख
ढोकाभञ्ज्याङ्ग देखि भूमिस्थल भञ्ज्याङ्ग जाने बाटो ४ लाख,
चण्डिकाश्वरी स्कुल देखि गलमट्टि हुदै पण्डितगाउ जाने बाटो निर्माण ५ लाख
पाञ्चायन मन्दिर मुनीको कुलो निर्माणका लागी रुपियाँ १ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट महिला स्वास्थ्य शिविर १ लाख र सिलाइ बुनाई तालिमका लागी रुपियाँ ३ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट भिमदेव आधारभूत विद्यालय निर्माणका लागी रुपियाँ ४ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट साङ्गा छेलिङ्ग गुम्बा निर्माण २ लाख,
जेष्ठ नागरिक आश्रम स्थल निर्माण २ लाख (भवन निर्माण गर्ने जग्गा आफ्नो स्वामित्वमा हुनुपर्ने) जनजाती सस्कृतिक कार्यक्रम ल्होछार १ लाख
सनिस्टार माने गुम्बा संरक्षणका लागी रुपियाँ १ लाख छुट्याइएको छ ।
वडा नम्बर ७
सार्वजनिक निर्माण ः बेसिगाउँ ओरालो सडक निर्माण ५ लाख ५० हजार, तातेभिर शाखा सडक निर्माण ४ लाख,
गोकर्ण कोलनी सडक २ लाख,
जाल्पा देवि युवा क्लब भवन निर्माण २ लाख,
ठाडो कुलो सिचाई योजना ३ लाख,
अदुवा बोट दलित बस्ती खानेपानी १ लाख ५० हजार,
वडा कार्यालयबाट बालुवा टोल हुदैँ पुस्कर विष्टको घरसम्मको सडक निर्माण ४ लाख,
जलदेवि मन्दिर मर्मत १ लाख,
गोकर्णेश्वर नगरपालिका ७ र ८ सिमानाको राजकुलो सडक विस्तार १ लाख ५० हजार
गोकर्णेश्वर नगरपालिका ७ र ८ संयुक्त वडा कार्यालय स्थीत ट्रस निर्माणका लागी रुपियाँ १ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट महिला सिलाई बुनाई तालिम ३ लाख र महिला स्वयम सेविका तालिमका लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट देवि बालसुधार मा.वि.को लागी आवश्यक समाग्री खरिद १ लाख
सुन्ताखान मा.वि. ५० हजार, तारेभीर प्रा.वि. ५० हजार, बालुवा स्वास्थ्य चौकी संचालन १ लाख
५ वर्ष मुनिका बालबालिका आमा तथा छोराहरुलाई षोषण सम्बन्धि तालिमका लागी रुपियाँ १ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट गोकर्ण कोलोनी सडक मर्मत १ लाख,
महिला स्वयम सेविका अवलोकन भ्रमण ५० हजार,
भगवलती बासुरी खल भैरव जात्रा कार्यक्रम ५० हजार,
खुल्ला दिशा मुक्त वडा कार्यक्रम संचालन एवम् आवश्यक सामाग्री खरिद २ लाख र तारेभिर माघेत्सव कार्यक्रम संचालनका लागी रुपियाँ २ लाख छुट्याइएको छ ।
वडा नम्बर ८
सार्वजनिक निर्माण ः ढाडफेदी घलान टोल ठोडो बाटो निर्माण १ लाख,
भण्डारीचोक कुमारी गाम्चा ठाडो बाटो निर्माण ४ लाख,
उखुबारी मलागरी मन्दिर जाने बाटो २ लाख ५० हजार,
टोलसुधार समाजद्वारा संचालित ढल मर्मत १ लाख,
कृष्ण मन्दिर बाट ठाडोबाटो हुदै गुठ जाने बाटो निर्माण १ लाख ५० अजार,
७ र ८ सिमानाको राज्य कुलो बाटो ३ लाख,
ढाडकी देवी दोङ्गटोल कलर्भट निर्माण १ लाख,
हात्तिपाईले आझेटार सडक निर्माण ३ लाख,
ग्राम सुधार स्कुल गाम्चा फर्निचर खरिद १ लाख,
स्वास्थ्य चौकीबाट थानेडाडा सिडि निर्माण १ लाख,
गाम्चा स्वास्थ्य चौकी भवन निर्माण १ लाख,
कुमारी गाम्चा खानेपानी मर्मत ३ लाख,
साविक बालुवा गा.वि.स. का वडा नं ६,७ र २ खानेपानी मर्मत ५० हजार
सुन्ताखान मा.वि. फर्निचर खरिदका लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट महिला सिलाई बुनाई तालिम २ लाख
महिला कम्प्यूटर तालिमका लागि रुपियाँ २ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट बाल विकासको लागि खेलकुद कार्यक्रम अन्र्तगत राधाडिलाई खेलमैदान विकास ३ लाख
निम्न तथा विपन्न बालबालिका छात्रवृत्तिका लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट सांकृतिक जर्गेना कार्यक्रम गाम्चा ५० हजार,
घलानटोल बाटो निर्माण ५० हजार,
अपाङ्गलाई क्रितिम सामाग्री वितरण १ लाख
समुदायको उत्थान कार्यक्रम अन्र्तगत आयमुलक कृषि तथा पशुपालन कार्यक्रमका लागि ४ लाख छुट्याइएको छ ।
वडा नम्बर ९
सार्वजनिक निर्माण ः देशे गाउँ साविक वडा २,३,४,५ को मूल सडक मर्मत १५ लाख,
गोकर्ण महिला सञ्जाल भवन ३ लाख, मकलबारी सुन्दरटोलमा बाटो ग्रावेल तथा मर्मत ३ लाख
र फुलबारी मार्ग सडक कालो पत्रका लागि रुपियाँँ ५ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट प्रस्तावना लेखन तालिम १ लाख,
पश्मिना तालिम २ लाख
महिला तथा छात्रवृत्ति कार्यक्रमका लागी १ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट साविक वडा नं. ५ को पिंगलास्थान चौरमा खेलकुद मैदान निर्माणका लागि ४ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट नेपाल वृद्विष्ट तामाङ्ग सुधार समितिलाई मर्मत २ लाख २५ हजार,
वैशाख महिनाको स्थानीय जात्राको लागि १ लाख,
कुशे औशी ७५ हजार, भिन्तुला र्यालि ७५ हजार,
दशैँमा दुर्गा भवानी पुजा ७५ हजार
बाजा गाजा प्रशिक्षणका लागि ५० हजार छुट्याइएको छ ।
वडा नम्बर १०
सार्वजनिक निर्माण ः तालिन्चोक देखि नयाँबस्ती जानेबाटोमा ढल निर्माण ४ लाख,
कृष्ण मन्दिर देखि तालिन्चोक सम्म बाटो विस्तार ७ लाख,
भैरवचौर चोकदेखि गोपाल नापितको घर सम्म वाल तथा बाटो निर्माण ४ लाख,
मुल बाटो देखि उत्तरबाहिनी सम्म कालो पत्रे ७ लाख,
गणेश मार्ग बाटो निर्माण १ लाख,
देविमार्गमा बाल निर्माण २ लाख
भैरवचौर संरक्षणका लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
वडा नम्बर ११
सार्वजनिक निर्माण ः किसिगाल सडक कालो पत्रे तथा ढल विस्तार गर्न १२ लाख, भैरवचौर चौर मुल सडक विस्तार तथा निर्माण ६ लाख,
ट्रान्समिटर सण्डोल बाटो निर्माण २ लाख,
सावित्रा देवि भित्रि मार्ग १ लाख,
भण्डारी गाउँ बाटो स्तरोन्नती १ लाख,
इकु सडक विस्तार १ लाख,
नोहकिल सडक विस्तार २ लाख
ट्रान्समिटर बाट भित्रि बाटो हुदै गुठी कोचा सम्म बाटो विस्तारका लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट फोहोर महिला व्यवस्थापन कार्यक्रम १ लाख,
कम्प्यूटर तालिम १ लाख,
मखमलको जुत्ता बनाउने तालिम १ लाख
र व्यवसायिक गडयौला मल र प्राङ्गरिक मल बनाउनका लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट किसिगाल बाल उद्यान निर्माण २ लाख,
गोकर्ण मा. वि १ लाख र बालबालिका खेलकुद कार्यक्रमको लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
आदीबासी जनजाती, जेष्ठ नागरिक, अपाङ्गता, मधेसी तथा अन्य पिछडिएका वर्गहरुको नाममा आएको १५ प्रतिशत बजेटबाट इकुफाट माईती नेपाल खानेपानी योजना २ लाख,
उत्तरबाहिनी घाट ट्रष्ट निर्माण १ लाख,
सार्वजनिक जग्गा संरक्षण १ लाख,
अपाङ्ग बालबालिका सम्म्मान गर्न ५० हजार,
जेष्ठ नागरिक र एकल विद्यवा महिलाहरुलाई सम्मान कार्यक्रम ५० हजार
भैरव चौर बाल उद्यान निर्माण का लागि रुपियाँ १ लाख छुट्याइएको छ ।
वडा नम्बर १२
सार्वजनिक निर्माण ः चामुण्डा क्षेत्र विकास निर्माण २ लाख,
रमाइलो टोल सुधार समिति छपाई १ लाख,
तथाँ वस्ती युवा परिसर भवन निर्माण २ लाख,
सुगम नगर मदन पाठक घर एुियाको बाटो व्लक छपाइ १ लाख,
अर्घौतेश्वर मन्दिर देखि जबमुडाँडा सम्म सडक पिच ३ लाख,
किरण मोत्ताको घरदेखि पिपल चौतारी सम्म व्लक छपाई १ लाख,
पुनम शाहीको घर देखि कल्पनाराजको घर सम्म ढलान १ लाख,
सुभद्रा तिमिल्सिनाको घरदेखि निर्मला आचार्यको घरसम्म बाटो ढलान १ लाख ५० हजार,
नारायण मन्दिर नारायण लम्साल घर हुदै पूर्व तर्फ बाग्मती जोड्ने बाटो ढलान ८ लाख,
शंकरापुर कलेज देखि बागमति करिडोर बाटो ढलान २ लाख,
ब्राइट्जोन स्कुल देखि ओम बज्र स्कुल सम्म बाटो मर्मत १ लाख,
संयुक्त कार्यलय देखि दक्षिण पधेरोसम्म बाटो बाटो मर्मत १ लाख्,
बगैचा भित्र पानी वोरिङ्ग फिटर १ लाख,
विद्यासागर स्कुल देखि तिमिल्सिनाको टोलसम्म ढलान २ लाख,
नमुना घुम्ति टोल बाकीँ खण्ड व्लक छपाई १ लाख,
मणिगाल टोल समाजको बाटो मर्मत २ लाख सितल टोल व्लक छपाई १ लाख,
बाहुन धारा बाटो ढलान २ लाख,
बासुरी चोक देखि जोरपाटि तर्फ बाटो मर्मत ३ लाख ५० हजार,
मुकुण्द फुयाँलको घर हुदै आमोदर गौतमको घर जानेबाटो ढलान २ लाख,
टेलिकम देखि हरि ढुङ्गानाको घर हुदै सुकुमबासी जोड्ने बाटो ढलान ३ लाख,
जोरपाटि मुल सडक देखि अघौतेश्वर मन्दिर जाने बाटो निर्माण ३ लाख,
जोरपाटि सडक देखि उत्तर भित्रि बाटो निर्माण १ लाख,
चामुण्डा गेट देखि चामुण्डा सडक सम्म बाटो निर्माण १ लाख,
कृषि विकास बैङब देखि बराल टोल सडक निर्माण १ लाख,
शिदेश्वर सडक निर्माण १ लाख ५० हजार,
सुवेदी गाउँ भित्र सडक निर्माण ५० हजार,
चन्द्र कार्कीको घर देखि रानकुमार चुडालको बाटो निर्माणका लागी रुपियाँ १ लाख छुट्याइएको छ ।
महिला तर्फको १० प्रतिशत बजेटबाट सिपमुलक तालिम १ लाख,
स्वास्थ्य सिविर संचाञ्लन गर्ने कम्पोष्टविन खरिद गर्न ६० हजार,
समाज सिलाइ तालिम ६० हजार,
चुरा व्याज टप तालिम ४० हजार
व्यटिसियन तालिमका लागि रुपियाँ ६० हजार छुट्याइएको छ ।
बालबालिकाको बजेटमा आएको १० प्रतिशत बजेटबाट सामुदायिक विद्यालयका विपन्न बालबालिकाहरुलाई १ लाख,
बालबालिका विद्यालय अनुदान १ लाख ५० हजार,
बालबालिका क्षमता विकास तालिम ५० हजार र शैक्षिक सामाग्री वितरणका लागि ५० हजार छुट्याइएको छ
बाकी वडा हरुको विवरण केहीबेर मा प्रकाशन गरिने छ ।