नेपालगन्ज सदरलाइन सडक विस्तार हुने

कपन अनलाइन 

नेपालगन्ज : नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ ।

 
नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आप्mनो संरचना आपैm भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो ।

 
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ ।

 
सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ । नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।