स्थानीय निकायलाई बलियो बनाउन पत्रकारलाई आग्रह

कपन अनलाइन 

रसुवा: संविधानअन्तर्गत अब बन्ने गाउँपालिका मजबुत बनाउन पत्रकारको कलम निरन्तर रुपले अगाडि बढ्नुपर्ने औँल्याइएको छ ।

 
नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा र रसुवा जिल्लामा क्रियाशील पत्रकारबीच आज भएको अन्तरसंवादमा पत्रकारिता पेसा सम्हालेपछि आफैँले सोधखोज गरी सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिइएको छ ।

 
सो अवसरमा पत्रकार झाले विकास निर्माण, सामाजिक, आर्थिक, राजनीतिकलगायत समग्र विषयको यथार्थ समाचार लेखी पाठकसामु पु¥याउन अझ बढी मेहनत गर्न पत्रकारलाई सुझाव दिनुभयो ।

 
स्थानीय पत्रकारले हिमाली क्षेत्रको चिसो ठाउँमा भोग्नुपरेको कठिनाइबाट सूचना सङ्कलनमा आएको समस्या प्रस्तुत गरेका थिए ।अन्तरसंवादमा विभिन्न सञ्चारमाध्यम, नागरिक समाज, प्रहरी र स्थानीय प्रशासनका प्रतिनिधिको सहभागिता थियो । रासस

तपाइँको प्रतिक्रिया ।