टेलिकमले पनि सापटी दिने तयारी

कपन अनलाइन 

काठमाडौं: नेपाल टेलिकमले पनि एनसेलले जस्तै गरि आफ्ना प्रिपेड ग्राहकका लागि पैसा सकिँदा सापटी दिने  नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । यस्तो सुविधा  थालनी गर्न अहिले टेकिलमले प्राविधिक तयारी गरिरहेको छ।

टेलिकमको प्रतिस्पर्धी संस्था एनसेलले प्रधान गरेको यस्तै सेवा ग्रहाकहरुले निकै रुचाएपछि टेकिलमले पनि ब्यालेन्स ‘सापटी’ दिने  सेवा सुरु गर्न लागेको हो ।

सेवाको सुरुवात पछि टेलिकमका प्रिपेड ग्राहकले आफ्नो सिममा ब्यालेन्स सकिएपछि सापटी लिन सक्ने छन् भने सापटी रकम अर्को पटक रिर्चाज गर्दा काटिनेछ । टेलिकमले कति रुपियाँसम्म सापटी दिने र कति प्रतिशत थप रकम काटेर अर्को रिचार्ज हुने भन्ने नियम बनाउँदै गरेको छ ।

तपाइँको प्रतिक्रिया ।