राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छ :- अध्यक्ष थापा

राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छ :- अध्यक्ष थापा

कपन अनलाइन 

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताउनुभएको छ ।
पार्टी कार्यालय, धुम्बाराहीमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो– “यथास्थितिमा समझदारी नगरीकन विधेयक अघि बढाए राजनीतिक प्रतिउत्पादक हुने खतरा बढ्न सक्छ ।”

अध्यक्ष थापाले भन्नुभयो – “सर्वोच्चको फैसलापछि संशोधन विधेयकबारे संसद्मा बहस गर्ने बाटो खुलेको छ, तर यो कानुनी विषय मात्र होइन, राजनीतिक विषय पनि भएकाले संसद्मा रहेका राजनीतिक दलहरुसँग छलफल र सहमति गरेर अघि बढेर जानु बुद्धिमानी हुन्छ ।”

फरक प्रसङ्गमा अध्यक्ष थापाले पार्टी एकीकरणपछि स्वाभाविक रुपमा राप्रपाको सिट सङ्ख्याका आधारमा पार्टीको तर्फबाट मन्त्रिमण्डलमा थप सदस्य थप्नुपर्ने भए पनि यसबारे प्रधानमन्त्री, सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रको भूमिकामा भरपर्ने बताउनुभयो ।

“पार्टी एकीकरणपछि स्वाभावतः हामी सत्ता पक्ष भएका छौँ, सङ्ख्याको अनुपातमा सरकारमा प्रतिनिधित्वको सङ्ख्या वृद्धि हुनु स्वाभाविक हो, यसमा सत्ता साझेदार दलको व्यवहारमा भर पर्छ, भन्दै उहाँले अहिले हामीसँग तीन विकल्प छन्, पहिलो अहिलेकै दुई मन्त्रीलाई निरन्तरता दिने, दोस्रो सङ्ख्या वृद्धि गर्ने र तेस्रो भएका मन्त्रीलाई पनि फिर्ता बोलाउने हो बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।