प्रिमिकालाई तीन लाख रूपैयाँ

कपन अनलाइन 

इलाम: ‘मानबहादुर राई बचाउ’ अभियानका क्रममा सङ्कलन भएको मध्ये तीन लाख रूपैयाँ उनकै छोरी प्रिमिका राईलाई हस्तान्तरण गरिएको छ ।

दुबै मृगौला नष्ट भएर उपचारकै क्रममा मृत्यु भएका इलाम नगरपालिका– २ का मानबहादुर राईको उपचारका क्रममा सङ्कलन भएको उक्त रकम उनको मृत्युपछि छोरीको प्रिमिकाको शिक्षाका लागि हस्तान्तरण गरिएको अभियानका लागि गठित समितिका अध्यक्ष हुकुमलाल थेवेले जानकारी दिनुभयो ।प्रिमिका अहिले कक्षा ६ मा अध्ययनरत छिन् । मृगौला पीडित राईलाई बचाउन थवेको संयोजकत्वमा गत जेठ १२ गते पाँच सदस्यीय समिति गठन भएको थियो ।

सो अभियानमा सात रु लाख ९२ हजार ४६९सङ्कलन भएकामा राईको उपचारमा रु.तीन लाख ८५ हजार चार सय ५८र राईको मृत्युपछि रु ८२ हजार ५०९ काजकिरियामा खर्च गरिएको समितिले जनाएको छ । राईको कात्तिक ३० गते उपचारकै क्रममा मृत्यु भएको थियो । सो अभियानमा अमेरिका, युके, मलेसियामा रहेका इलामलेली र इलाममा कार्यरत सङ्घ संस्था तथा व्यक्तिले स्वेच्छिक रूपमा सहयोग गरेको समितिका विजय खाकीले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।