कपन अनलाइन
काठमाडौँ, १५ पुस । अनलाइनमार्फत उपभोक्तालाई बजारसँग जोडी सहज बजार व्यवस्थापनका लागि हाटबजार डटकम आजदेखि सञ्चालनमा आएको छ ।
व्यवसायी–व्यवसायी र ग्राहक–ग्राहकबीचको साझा थलोको रुपमा व्यावसायिक अनलाइन ‘प्लेटफर्म’ सेवा दिन लागिएको हो ।
सूचनाको अभावमा हुने घाटा र व्यावसायिक समस्यालाई समाधान गरी व्यवसाय र आन्तरिक उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि हाटबजार सुरु गरिएको अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै पनि स्थानमा बसेर सुरक्षित व्यापार–व्यवसाय सञ्चालन गर्न सकिन्छ । हाटबजारका प्रमुख कार्यकारी अधिकृत अरुण मास्केले ग्राहक तथा व्यवसायको सुरक्षित कारोबारमा सहयोग पु¥याउँछ । त्यसका लागि व्यवसायीले वार्षिक रुपमा रु १० हजार तिर्नुपर्ने हुन्छ । रासस