राजु श्रेष्ठको कौडोल प्रेम

राजु श्रेष्ठको कौडोल प्रेम

कपन अनलाइन, १३ पौष, २०७३
केही वर्षदेखि क्षेत्र नं. ४  मा राजु श्रेष्ठ चर्चित नाम हो । पक्ष विपक्ष, नजिक टाढा सबैले उनलाई चिन्दछन् । उनको उपस्थिति राजनीतिक रुपमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति मात्र भए पनि पछिल्ला समय काठमाडौंको मजबुत नेताको रुपमा उनको उदय भैरहेको छ । अझै नेकाभित्रको आफू कुन कित्ताको भन्ने कुरामा प्रस्ट नपारेका राजु श्रेष्ठ आफैमा अवसरवादी व्यक्तिको रुपमा चिनिदैनन् । राजु श्रेष्ठको पहिचान उनी जस्तो छ त्यस्तै छ ।

 

देखिने र नदेखिने दुई रुप उनको छैन । उनको यो रुप राजनीतिमा कति अर्थपूर्ण रहला समयले देखाउला तर राजु श्रेष्ठलाई धेरैले कमलो मन भएको र दुःख देख्न नसक्ने मानिसको रुपमा पनि चिन्दछन् । उनी आफैले बेलाबेलामा दुःखीहरुको दुःखले आफूलाई द्रविभूत बनाउने  कुरा बताउँदै आएका छन् ।

 

 

व्यपारिक पृष्ठभूमिका राजु श्रेष्ठ सामाजिक कृयाकलाप जहाँ दिनदुःखीको सेवा गर्न सकिन्छ त्यस्ता क्षेत्रमा आर्थिक, भौतिक र नैतिक सहयोग लिएर पुगिरहेका हुन्छन् । कार्यक्षेत्र र बसोबास दुवै यतै भएकाले काठमाडौं क्षेत्र नं. ४ र बुढानिलकण्ठ नगरपालिकामा नै उनलाई भेटिन्छ । आफ्ना सक्रियता र कामहरुलाई उनी सामाजिक संजालमा अपडेट गर्ने गर्छन् । सामाजिक संजालमा उनी फेशबुकमा बढी सक्रिय देख्न सकिन्छ । ट्वीटर वा अन्य सामाजिक संजालमा उनको सक्रियता देखिदैन । फेशबुकमा उनका करिब ५००० साथीहरु रहेका छन् ।

 

लामै समयदेखि राजु श्रेष्ठका सामाजिक संजालमा बुनपा १६ को कौडोल र कौडोलसँगका पात्रहरुसँगका फोटाहरु र गतिबिधिहरु देखिँदै आएको । महाभुकम्पमा पनि राजु कौडेलमा नै बिजी रहे । उनी आफू मात्र व्यस्त भएनन् उनका सहकर्मीहरुलाई पनि बेलाबेलामा लिएर कौडोल पुग्छन् । कौडोलप्रतिको यो प्रेम सामान्यतः बुनपाको पिछडिएको बस्ती भएकाले हो भन्ने कुरामा दुइमत छैन । पुरानो नेवार बस्ती जहाँको बस्ती विकास नै गरिबि मै सिमिति भएकाले यो क्षेत्रका विकासमा राजु श्रेष्ठले भूमिका निर्वाह गरेका छन् ।

 

उनले हालै कौडोललाई भनेर जर्मनी दाताको सहयोग जुटाएर इँटा बनाउने मेसिन उपलब्ध गराएका छन् । हाते भएपनि आधुनिक प्रबिधिलेजस्तै इँटा बनाउने यो मेसिनको उपयोग मुस्ताङ पनि गरिँदै आएको छ । यो इँटा बनाउने मेसिनको उपयोग ०७२ साल बैसाखमा गएको भुकम्पले क्षतिग्रस्त भएको कौडेलका स्थानीयहरुको घर निर्माणमा उपयोग गरिनेछ । अहिले दैनिक रुपमा इँटा बनाउने काम भैरहेको बताइएको छ ।

 

कौडोलको यो प्रेमले राजुको समाजसेवी अनुहारमात्र उजागर गर्दैन उनको कमलो र प्रेमपूर्ण मनको पनि परिचय दिन्छ । कौडोलको यो प्रेमलाई कसैले कसैले अर्थहिन टिप्पणी गरे पनि उनको यो प्रेमले कौडोलबासीलाई लाभ मात्र भएको छ । कौडोलबासी खुसी छन् । कौडोलवासीसँग फोटो खिच्न पनि रुचि राख्छन् राजु श्रेष्ठ । सामाजिक संजालमा आफ्नो पारिवारबाहेक अरुसँगका फोटोमा उनीका प्राय फोटो कौडेलका बृद्धबृद्धाहरुसँगै नै देखिन्छ ।

 

तत्कालिन चुनिखेल गाविसमा पर्ने यो बुनपाको पिछिडिएको भनिएको क्षेत्रको विकासमा उनको व्यक्तिगत सहयोगमात्र पर्याप्त छैन त्यसैले बुनपा र अन्य क्षेत्रको सहयोग पनि जुटाउनु पर्ने देखिन्छ । विशेष गरेर क्षेत्र नं. ४ का सांसद गगन थापासँग उनले प्रभावकारी सम्बन्ध नबन्नुले क्षेत्रको विकासमा उनले भूमिका निर्वाह गर्न सकेको देखिदैन । क्षेत्रीय अधिवेशन सकिएको लामो समय बिते पनि उनले अझै मन्त्रीसमेत रहेका थापासँग सम्बन्ध नसुधार्नुलाई धेरैले राजनीतिक जोडघटाउ नै भनेर अनुमान गरिसके पनि कालन्तरमा यो जनताका लागि भने प्रत्यूत्पादक बनिरहेको छ ।

 

राजनीतिक खेलमा उनले सांसदसँग सहकार्य गरे यो क्षेत्रमा नेपाली कांग्रेसको संगठन मात्र राम्रो बन्ने हैन क्षेत्रलाई विकासको मूल नै फुटाउन सकिने बताइन्छ । मन्त्री बनेका गगन थापाले २ वर्षमा करोडौँको बजेट क्षेत्र नं. ४ मा खन्याए पनि राजु श्रेष्ठले नेतृत्व गरिरहेका नेका क्षेत्र नं. ४ ले जस लिन र दिन नखोज्दा विकासलाई कांग्रेसले जनाधार बटुल्न सकेको छैन । स्थानीय निकायको चुनाव प्रंसग अगाडि बढिरहेको बेला यो बुद्धिमानी राजु श्रेष्ठले पुर्याउन जरुरी भएको सबैको राय छ ।
विकासवादी सोच, समाजसेवी चरित्र र उदार मन भएका राजु श्रेष्ठले राजनीतिमा साँचेको द्वेषले नेका राजनीतिलाई कमजोर बनाउँदै गरेको तर्कलाई उनले अझै आत्मसात गरेका भने छैनन् । राजनीतिमा द्वेष भन्ने कुरा एउटा निश्चित समय र अवस्थामा हुनु पर्नेमा सदाकालिन द्वेषले कालन्तरमा सबैलाई अहित गर्नेमा दुई मत छैन । धेरैले अझै उनलाई राजनीतिक बन्न नसकेको आरोप पनि लगाउने गरेका छन् । असल व्यापारी वा समाजसेवी भनेर बनेको उनको चरित्रलाई असल राजनीतिज्ञ पनि बनाउन सके क्षेत्र नं. ४ राजु श्रेष्ठमय वा कांग्रेसमय हुने कुरामा दुईमत छैन ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।