ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही
कपन अनलाइन, कैलाली, १ पुस ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ९०० सवारी साधनका चालकलाई कारबाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक खड्कराज भण्डारीले नियम उल्लङ्घन गर्नेबाट रु ३३ लाख ५९ हजार राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । गत साउनमा एक हजार ४२६ सवारीचालकबाट रु आठ लाख पाँच हजार, भदौमा एक हजार ४२५ बाट रु आठ लाख १९ हजार, असोजमा एक हजार ८८० बाट रु सात लाख पाँच हजार र कात्तिकमा एक हजार ८१० सवारीचालकबाट रु १० लाख ३६ हजार राजस्व सङ्कलन गरिएको हो ।
जिल्लामा पछिल्लो चार महिनाको अवधिमा ४० वटा सवारीसाधन दुर्घटनामा परी २१ जनाको ज्यान गएको कार्यालयले जनाएको छ । रासस