साँफेबगर नगरपालिका बाट ३४ जना मानिस हराए

कपन अनलाइन, अछाम,मङ्सिर,२९ ।
(एकेन्द्र महता)  
अछाम साँफेबगर नगरपालिकामा ३४ जना मानिसहरु हराएको एक तथ्याङ्ककले देखाएकोे छ । अछाम जिल्लाको साँफेबगर नगरपालिका भित्र रहेका १२ वटा वाडाहरुमा ६ महिना लगाएर गरेको सर्वेक्षणले ती मानिसहरु हराएको पाईएको हो ।युरोपीएन युनिएनको आर्थिक सहयोग राष्ट्रिय वाताबरण तथा समविकास समाज नेपाल,निड्स नेपाल र अन्तराष्ट्रिय रेडक्रस महासंघले सञ्चालन गरेको शुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम परियोजना ले गरेको ६ महिने सर्वेक्षण अनुसार सो तथ्यांक देखिएको हो ।
हेर्नुहोस् हराएका हरुको नामावली 
परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत सुनिल मिश्रका अनुसार ‘यो त हामिले सामान्य सर्वेक्षण गर्दा भेटीएको तथ्यांक हो, अझैँ गहिरिएर अध्ययन गर्ने हो भने हराएर बेपत्ता भएका मानिसहरुको संख्या अझैँ बढ्न सक्ने सम्भावाना रहेको देखिन्छ । ‘ यस्तै परियोजनाका सामाजिक परिचालक धिरज रावल भन्छन् ‘हामी हराएका तथा बेपत्ता भएका व्याक्तिहरुको तथ्यांक संकलन गर्न नगरपलिकाका सबै वाडाहरुमा पुगेका थियौँ । त्याहाँ जॉदा हराएका व्याक्तिहरुका आफन्तहरु दुई चार पैसा कमाएर घर खर्च चलाउन भनेर भारत गएका र पछि सम्पर्क बिहीन भै बेपत्ता भएका बताउँछन् । हाम्रो अध्ययन अनुसार बेपत्ता भएका मानिसहरु मध्ये ३२ जना पुरुष र २ जना महिला छन् ।’ नगरपालिका भित्र रहेका वाडाहरु मध्ये सबै भन्दा बडी वाडा नं. ४ सिद्धेश्वरमा ६ जना र वाडा नं. ९ मा ५ जना गरी नगरपालिका भित्र ३४ जना मानिसहरु हराएका छन् । हराएका सबै मानिसहरु रोजगारीको शिलसिलामा भारत जने र उतैबाट सम्पर्क बिहिन भई बेपत्ता भएका हुन् ।
खुला सीमाना र रोजगारीको सम्भावना केहि पनी नभएका कारण यो क्षेत्रका अधिकाशं मानिसहरु भारत जाने गर्दछन् । याहाँका केही मानिसहरु सानो उमेरमा नै रोजगारीका लागि भारत जाने र उतै बसोबास गरी नेपाल नर्फकिने गरेका पनि पाईन्छन् । भौगोलिक बिकटता र काम गर्न कुनै पनि साना तथा ठूला कलकारखानाहरु नभएका कारण विदेशिनु पर्ने बाध्यता त एका तिर छ नै अर्को तिर दुइ चार पैसा कमाएर घर खर्च टार्न गएका आफ्ना आफन्तहरुबाटै सदाका लागि छुट्टीनु पर्ने अर्कै बाध्यता रहेको छ । नेपालीहरु वैदेशिक रोजगारीमा जान सुरु गरेको करिब २ सय बर्ष भन्दा बढी नाघेको छ । सुगौली सन्धि पश्चात नेपाली युवाहरुलाई विदेशी सेनामा औपचारीक रुपमा सरकारीतवरबाट पहल कदमी चलाउन जरुरी रहेको
तपाइँको प्रतिक्रिया ।