नागरिक सहायता कक्षको उद्घाटन
कपन अनलाइन, भक्तपुर, २९ मङ्सिर ।
महानगरीय प्रहरी वृत्त थिमिले निर्माण गरेको नागरिक सहायता कक्षको आज प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण राणाले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र आमनागरिकको समस्या निराकरण गर्न सहायता कक्षले सहयोग पु¥याउने बताउनुभयो ।
प्रहरी वृत्त थिमिको आन्तरिक स्रोत र स्थानीयवासीको सहयोगमा रु दुई लाख ५० हजारको लागतमा उक्त कक्ष निर्माण भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताउनुभयो ।
आजबाट सञ्चालनमा आएको नागरिक सहायता कक्षमा नागरिकलाई परेको समस्या सुन्ने, नागरिकको प्रतक्ष पहुँच पु¥याउने, नागरिकलाई परेका समस्या समाधान गर्नेलगायतका नागरिकका सुरक्षासम्बन्धी कार्य गर्ने बताउनुभयो । रासस
तपाइँको प्रतिक्रिया ।