१० किलो सुन बोकेको बाइक यस्तो रेछ, सुन एयरफिल्टरमा लुकाइएको थियो !

१० किलो सुन बोकेको बाइक यस्तो रेछ, सुन एयरफिल्टरमा लुकाइएको थियो !

yahi

कपन अनलाइन, मंसिर १९, २०७३

हिजो बौद्धमा भेटिएको १० किलो सुन बोकेको मोटर साइकलको तस्वीर सार्वजनिक भएको छ । हिजो राति बौद्ध प्रहरीले समातेको बा ५५ ब १७७२ नम्बरको यो मोटर साइकलको एयरफिल्टरमा १० किलो सुन भेटिए  पछि मोटर साइकल छाडेर फरार भएका दुइजनाको व्यापक खोजि भैरहेको बौद्ध प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताएका छन् ।नियमित चेक जांचमा उक्त मोटर साइकल चढेर आउने दुइजना भागेपछि मोटर साइकल चेक गर्दा १० केजी सुन फेला परेको थियो ।

मोटर साइकल सवार दुइजना भागेपछिप्रहरीले लिएर गएको मोटर साइकलबाट फरकखाले आवाज आएकोले सबैतिर जांच गर्दा एयरफिल्टरमा सो सुन फेला पर्दा प्रहरी स्वयं चकित परेको थियो  । मोटर साइकलमा सुन भेटिएपछि यो विषयमा व्यापक अनुसन्धान भैरहेको रेग्मीले बताए ।

तपाइँको प्रतिक्रिया ।