हैजा रोगविरुद्वको खोप

कपन अनलाइन, खजुरा (बाँके) १५ मङिस्र ।

हैजा विरुद्धको खोप अभियान बाँकेमा सुरु भएको छ ।

पहिलो चरणअन्तर्गत मङ्गबारदेखि १८ गतेसम्म र दोस्रो चरण पुस २ गतेदेखि ६ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिनुभयो ।

यो खोप एक वर्ष माथिका सबैलाई भए पनि गर्भवती र सिकिस्त बिरामीले खान नहुने उहाँले बताउनुभयो ।

विगतमा हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्र निर्धारण गरी हैजाको खोप सञ्चालन गर्न लागिएको हो ।

यसैबीच बाँकेको टिटिहिरिया गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसका १९२ जनाले लगाउनुपर्ने सबै ११ प्रकारका खोप लगाएपछि सो गाविसलाई पूर्र्ण खोपयुक्त गाविस घोषणा गरिएको गाविस सचिव तप्तराज आचार्यले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।