मन्त्री लेखकद्वारा आकस्मिक निरीक्षण

कपन अनलाइन, ललितपुर, १४ मङ्सिर ।

चालक अनुमतिपत्रको फारम भर्नका लागि सेवाग्राहीले हैरानी पाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक आज एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमती अञ्चल कार्यालय पुग्नुभएको छ ।

मन्त्री लेखकसँगै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि कार्यालय पुग्नुभएको थियो । कार्यालयमा लाममा बसेका सेवाग्राहीले आफूले रातिदेखि नै लाममा बस्नु परेको गुनासो गरेका छन् ।

मन्त्री लेखक चालक अनुमतिपत्र र साना–ठूला सवारी शाखा गरेर दुवै शाखामा पुगेको मन्त्रीका सल्लाहकार ईश्वरीप्रसाद जोशीले बताउनुभयो ।

मन्त्री लेखकले चालक अनुमतिपत्र वितरणका लागि थप तीन ठाउँमा कार्यालय खोल्न ढिला नगर्न पनि महानिर्देशक श्रेष्ठलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयको कार्यभार सम्हालेको केही समयमा नै सल्लाघारी, कलङ्की र चाबहिल गरेर तीन ठाउँमा नयाँ कार्यालय खोलेर सेवा दिन निर्देशन दिनुभएको थियो ।

महानिर्देशक श्रेष्ठले घर बहालमा लिन समस्या भएको बताउनुभयो । “घर भाडामा लिन पहल भए पनि भूकम्पप्रतिरोधी भवन खोजिरहेकाले समय लागेको हो”, महानिर्देशक श्रेष्ठले श्रेष्ठले भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।