दुई युवालाई बलात्कारको मुद्दा

दुई युवालाई बलात्कारको मुद्दा

कपन अनलाइन, बनेपा, १३ मङ्सिर ।

बलात्कारको अभियोगमा पक्राउ परेका दुवै युवकलाई प्रहरीले आइतबार जबर्जस्ती करणीको मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता गरेको छ ।

जिल्लाको डाँडागाउँ गाविसमा सुस्तःमनस्थितिकी एक किशोरीलाई बलात्कार गर्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–११ बस्ने करिब २८ वर्षीय सरोज राउतमाथि सो मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

प्रनाउ राईले बलात्कारको लागि उक्साएको भन्दै जिल्लाको सापिङ गाविस–३ बस्ने २४ वर्षीय सविन गिरीलाई पनि पक्राउ गरिएको बताउनुभयो । गिरीलाई जबर्जस्ती करणीको मतियारको रुपमा कम सजाय हुनसक्ने बताइएको छ ।

उनलाई पीडितका आफन्तले दिएको उजुरीका आधारमा शनिबार नै नियन्त्रणमा लिइएको थियो । एक साताअघि पनि बनेपामा झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा प्रहरीले पनि एक जनालाई पक्राउ गरेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।