करेन्ट लागेर मृत्यु
कपन अनलाइन, जुम्ला, १२ मङ्सिर ।
करेन्ट लागेर सख्त घाइते भएका विद्युत् कर्मचारीको आज बिहान मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ छिनागाउँ जुम्लाका ३८ वर्षीय दिनेशनाथ योगीको मृत्यु भएको हो । योगी कामका सिलसिलामा चन्दननाथ नगरपालिका– ७ नजिकै रहेको विद्युत् खम्बाको एसटी लाइनमा काम गरिरहेका बेला करेन्ट लागेर तल खसेका थिए ।
बेहोस अवस्थामा रहेका उनलाई तत्कालै स्थानीयवासीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगेकामा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका डा सूर्यमान लिम्बूले जानकारी दिनुभयो । रासस
तपाइँको प्रतिक्रिया ।