अझै संचालन भएन ह्याण्डबल चौरनजिकको सार्वजनिक शौचालय

अझै संचालन भएन ह्याण्डबल चौरनजिकको सार्वजनिक शौचालय

कपन अनलाइन, काठमाडौँ, ६ मंसिर, २०७३

बुढानिलकण्ठ नगरपालिकामा समेटिएका तत्कालिन गाविसहरू मध्ये केही गाविस सोही बेला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएका थिए । ती वडाहरू हाल नगरको वडामा परिणत छन् ।   यसो गरिएको पनि तिन वर्ष पुगिसकेको छ । खुल्ला दिशामुक्त घोषणा भएका गाविसलाई   समेटिएर बनेको  देशकै धेरै जनसंख्या बोकेको बुढानिलकण्ठ नगरपालिकाकामा हाल सम्म १ एउटा मात्र  सार्वजनिक शौचालय  संचालनमा छ त्यो  बुढानिलकण्ठ क्षेत्रबिकास समितिले आफ्नै परिसरमा निर्माण गरेको हो  भने अर्को  तात्कालिन कपन गाविसछदाँ निर्माण सुरुगरिएको ह्याण्डबल चौरनजिकको सार्वजनिक शौचालय हो जुन अहिले  उपयोगहीन छ  ।

20161119_171219

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२  अलपत्र अवस्थामा रहेको सार्वजनिक शौचालय  

नगरकै सुगम वडा र घना बस्ती रहेको १२ नम्बर वडामा तत्कालिन गाविस हुँदा निर्माण सुरु गरिएको एउटा शौचालय अहिले सम्म संचालन हुन् सकेको छैन । शौचालय संचालनका लागि  कसैले वास्ता नगरेपछि यस क्षेत्रमा शौचालय बनेर पनि संचालन गर्ननसकिएको स्थानीयहरु  बताउँछन्। गणेश  मन्दिर, ब्याडमिन्टन कोट,  ह्यान्डबल खेल मैदान , भलिबल खेलमैदान र  बुढानिलकण्ठ नगरपालिकाको १२ नम्बर वडा कार्यालय   समेत रहेको यो क्षेत्रमा दैनिक हजारौ  जना मानिसहरु आवतजावत गर्छन् । आवतजावतको कडा  चाप भएको  यस क्षेत्रमा सार्वजनिक शौचालय नुहुँदा खुल्लम खुल्ला  मानिसहरू सौच गर्न बाध्य छन् ।

20161119_171207

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२  अलपत्र अवस्थामा रहेको सार्वजनिक शौचालय  

गाविसले खुला दिसामुक्त क्षेत्र घोषणाका क्रममा सार्वजनिक शौचालय निर्माण सुरु गरेर करिब पूर्ण भएको थियो तर त्यसपछि नगरपालिका बन्यो  । नगर  बनेपछि शौचालयको काम भएको छैन ।  नगरले शौचालयको उपयोग र फाइदाका सम्बन्धमा गाउँलेहरुलाई कसैले सिकाएको पनि छैन र सरसफाइको चेतनाका लागि कुनै कार्यक्रम पनि भएको छैन। “गाउँको समस्या भनेको शौचालय हो”,एक स्थानीयले कपन अनलाइनलाई बताए। ‘ एक दुईवटा अलि बुझेकाहरु बसेको ठाउ भनेको त् झन् अबुझ रहेछन् घरमा मात्र शौचालय छ।’ शौचालय नभएपछि ह्याण्डबल, फुटबल तथा भलिबल खेल्न आउनेहरू  दिसापिसाबका लागि  नजिकैको डाँडा र झाडीमा जाने गरेका छन् ।

यस्तो अवस्थामा  विशेषगरी महिला खेलाडीलाई  समस्यामा पर्ने गर्छन्। धेरै समस्या त् त्यतिबेला हुन्छ जब ह्यान्डबल खेलमैदानमा कुनै कार्यक्रम हुन्छ । कार्यक्रममा आउँदा निकै समस्या हुने स्थानीय बताउँछन्।

20161119_171150

यस विषयमा बुझ्न खोज्दा साविक कपन गाविस वातावरण समितिका संयोजक एंव सार्वजनिक शौचालय निर्माण समितिका संयोजक अशोकराज पाण्डेले भनें – ‘हामीलाई शौचालय निर्माणको जिम्मा दिईएको र हामीले निर्माण गरेर तत्कालीन गाविसलाई जिम्मा पनि लगाएकै हो । हामीले शौचालय पूर्ण रूपमा संचालन गर्न सकिने गरी बनाएका छौँ । पानीको ट्याङ्की समेतको व्यवस्था गरेका थियौँ र त्यो सुरक्षाको हिसाबले त्यहाँ नराखिएको हो । रह्यो संचालनको कुरा त्यो त नगरपालिकाले मोडालिटी बनाएर संचालन गर्ने होला नि त? नगरपालिकाले चाहेमा जुनसुकै समयदेखि संचालन गर्न सक्छ ।

नगर बनिसकेपछि एउटा सार्वजनिक शौचालय समेत बनाउन नसकेको बुढानिलकण्ठ नगरपालिकाले  केहि समय पछिनै नगरपालिका बन्दा ओडियएफ  घोषणा  नभएका वडा हरुमा  सार्वजनिक शौचालको अवधारणासमेत नबनाई कागजी सरसफाई देखाउन ओडियएफ  घोषणा   गर्ने तयारीमा रहेको छ ।

कपन अनलाइनले ११ भाद्र २०७१मा यस संग सम्बन्धित रहेर प्रकाशन गएको समाचार  पढ्नुहोस्

रिवन किन्ने पैसा नहुँदा सार्वजनिक शौचालयको ढोका खुल्न सकेन

तपाइँको प्रतिक्रिया ।