गणेश थापाको दाउपेचबीच कर्माछिरिङलाई शुभकामना

गणेश थापाको दाउपेचबीच कर्माछिरिङलाई शुभकामना

 bizendra-001

कपन अनलाइन, कात्तिक ७, २०७३/दृष्टिकोण/बिजेन्द्र पुडासैनी

लगभग २ दशक आगाडि दशरथ रंगशालामा एउटा बालक फुटबल खेल्दै गरेको बिज्ञापन  नेपाल टेलीभिजनबाट प्रशारण हुन्थ्यो ।  कुनै एउटा चाउचाउले त्यो बिज्ञापनको प्रजोयन गरेको थियो सायद त्यो चाउचाउ नेपाली बजारबाट बिस्थापित भइसकेको छ । तर त्यो बिज्ञापनमा देखिएका मानिस अनेकौ तिकडमबाजी गर्दै नेपाली फुटबलजगतको हर्ताकर्ता भै त्यो  अवस्थाको नेपाली फुटबललाई यो अवस्थासम्म हाँक्दै नेपाली फुटबलको सारथीभन्दा नि माथि रहि रहेको कटु बास्तबिकता  सम्पूर्ण फुटब प्रेमी माझ छर्लंगनै छ |

गएको  २ दशकमा नेपाली फुटबलले गरेको उपलब्धि हो हिसाब पक्कै पनि समयले यी बागडोर सम्हाल्ने सारथीभन्दा माथि रहेका ब्यक्तिसंग माग्ने नै छ ।  भलै लोकमानले मागेनन् | एन्फा चुनाबको माहोल रहि रहँदा अहिले नेपाली फुटबलको क्षेत्रमा परिबर्तनको पक्ष्धर देखिएका कर्मा छिरिंङ शेर्पा र यथास्थितिवादी नरेन्द्र श्रेष्ट बीच हुने चुनाबी माहोलको  नतिजाको प्रतिक्षउ सबै फुटबलप्रेमीहरुले गरिरहेका छन् |

kakakaka

२०७३ कार्तिक ८ को मिति तय भएको एन्फा निर्बाचनमा  अध्यक्ष पदको लडाईमा कर्मा छिरिंङले आफ्नो दाबेदारी पहिलेबाट नै प्रस्तुत गरि आफु नेपाली फुटबलको परिबर्तनको पक्ष्मा रहेको र आर्थिक परादर्शितालाई  प्रमुखता दिने,  फुटबल बिकाशको लागि ग्रासरुटका कोर्सलाई प्राथमिकता दिने लगाएतका मुद्धा उठाउन आफ्नो उमेदवारीको मुख्य कारण बताउदै आएकामा नरेन्द्र श्रेष्ठले आफ्नो उमेदवारीको मुख्य एजेण्ड के हो भनेर कतै नि स्पस्ट खुलाउन नसक्दा नेपाली फुटबलका सारथीभन्दा माथिका तिनै ब्यक्तिबाट स्वचालित भएका श्रेष्ठ हुन् भनेर अड्कल लगाउन शायद कसैलाई पनि गारो नहोला |

नेपाली फुटबललाई आज यो दुरावस्थामा सम्म हाँक्ने ब्यक्ति हुन् गणेश थापा | गणेश  थापा  अहिले नेपाली माननीय समेत हुन् । माननीय  हुने  कार्य थापा ले  के गरे कसो  गरेभन्दा  पनि आफ्नो पकडमा रहेका बिभिन्न जिल्लाका एन्फा प्रतिनिधिहरुलाई र अन्यलाईसमेत श्रेष्ठलाई मतदान गर्न उर्दी जारि गर्दै छन् भन्नि पनि नसुनिएको हैन | भलै निर्बाचनको मतपरिणाम पश्चात जागजोहर हुने अध्यक्षको नामको अड्कलबाजी अगाडी गर्न गारो भने छैन सबै माहोल परख्दा कर्मा छिरिंङ कै पल्ला भारी देखिन्छ ।  खैर माननीयज्युले चुनाबी दाउपेच कस्तो लगाउने कस्तो तिकडम अपनाउने हुन् त्यो अब को केहि घण्टा पछि देखिने छ | एन्फाका कार्यबाहक अध्य्क्ष नरेन्द्र श्रेष्ठले नेपाली फुटबलमा  आफ्नो नाम चिरस्मरणीय बनाउन आएको राम्रो मौकालाई चौकामा नबदली त्यतिकै चुनाबी मैदानमा पक्कै पनि आएका हैनन् होला नभए कार्यबाहक अध्यक्षलाई नेपाली फुटबलको इतिहासमा अट्ने प्रशस्त ठाउँ थियो सोच्नुपर्ने कुरा  यो पनि हो | नेपाली फुटबललाई परिबर्तनको खाँचो छ जुगौदेखि बस्दै आएका
नेतृत्व परिबर्तन हुनु जरुरी छ  केन्द्रमा अंचलमा   जिल्लामा हरेक ठाउँ मा …कर्मा छिरिंङलाई शुभकामना !!

तपाइँको प्रतिक्रिया ।