राजु श्रेष्ठको चियापानमा महामन्त्री सशांक कोइरालासहित भिआइपीको लस्कर !

राजु श्रेष्ठको चियापानमा महामन्त्री सशांक कोइरालासहित भिआइपीको लस्कर !

14642379_240759389660403_1253027163193071578_n

कपन अनलाइन, असोज २२, २०७३

नेका क्षेत्र नं. ४ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेसका भिआइपीहरुको लस्कर नै लागेको छ । २ दिनभित्र एक्कासी तयार गरिएको कार्यक्रममा विरामीका कारण लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका महामन्त्रि सशांक कोइरालासहित १० जना नेकाका भिआइपिहरुको उपस्थिति थियो । सशांक कोइरालाको उपस्थितिले कार्यक्रममा उत्साह भरिएको थियो । कोइरलासहित उपस्थित हुनेमा पूर्व महामन्त्री प्रकाशमानसिंहसहित रक्षा मन्त्री बालकृष्ण खाँडलगायत ७ जना मन्त्रीहरु उपस्थित थिए ।

आफ्नै क्षेत्रका सांसद तथा स्वास्थ्य मन्त्री गगन थापाको कार्यक्रमलाई जुधाएर एकाएक राखिएको कार्यक्रममा भिआइपीहरुको घुँइचो देख्दा धेरै मान्छे आश्चर्यचकित भएका थिए । स्वास्थ्य मन्त्री गगन थापाको सांसद कार्यालयले कार्यक्रम घोषणा गरेर निम्तो बाँड्न थालेको एकसातापछि सोही मिती र समयमा आयोजना गरिएको कार्यक्रममा नेताहरुको भीड देख्दा धेरैले अप्रत्यासित महशुस गरे । २ दिनमा सभापति राजु श्रेष्ठले गरेको तयारीको उपस्थितिको ठूलो प्रशंसा गरेको पनि पाइयो । कार्यक्रममा सांगीतिक प्रस्तुतीसमेत राखिएको थियो । यद्यपि नेताहरु र मन्त्रीहरुको ठूलो भीडमा कार्यकर्ता र जनसामान्यको उपस्थिति भने कमजोर भएको अनुभूति सबैले गरे । छोटो समयमा नेताहरुलाई अतिथि बनाउन दौडधुप हुँदा कार्यकर्ता, सुभेच्छुक एवम् जनसामान्यलाई बोलाउने समय नै नपुगेको कार्यक्रम सफल बनाउन दौडधुप गर्ने एक कार्यकर्ताले बताए । गत फाल्गुण महिनामा भएको नेपाली कांग्रेसको १३ औँ महाधिवेशनअन्र्गत क्षेत्रीय अधिवेशनबाट बिधिवत विभक्त भएको झैँ देखिएको छ ।

(तस्वीर: नेपाली कांग्रेस क्षेत्र नं ४ नामक पेज)

14568226_240760369660305_8238215811461546807_n 14502850_240759976327011_8895293012068853768_n 14519661_240759889660353_7818803791082115882_n

तपाइँको प्रतिक्रिया ।