गणेश कोइरालाले ४ जनालाई मनोनित गरे

ganesh-koirala

कपन अनलाइन, असोज २१, २०७३

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका समितिका सभापति गणेश कोइरालाले ४ जनालाई सदस्य पदमा मनोनित गरेका छन् । लामो समयदेखि निस्कृय देखिएको नेका बुनपा इकाईलाई सक्रिय बनाउने क्रममा कोइरालाले उनीहरुलाई मनोनित गरेको बताइएको छ । कोइरालाले मनोनित गरेकाहरुमा नारायणदेवी श्रेष्ठ, नवराज विक्रम खनाल, अन्जना केसी महर्जन र शम्भु कार्की रहेका छन् । श्रेष्ठ, खनाल, महर्जन र कार्की नेका राजनीतिमा सक्रिय रही बिभिन्न तहतप्कामा बसेर काम गरेको नामहरु हुन् ।

नेका बुनपा कमिटि निर्माणसँगै बिभिन्न विवादमा फसेको थियो । सचिव भरत अधिकारी र कोषाध्यक्ष राजन बुढाथोकीले सभापति कोइराला बिरुद्ध केन्द्रिय अनुशासन विभागमा उजुरीसमेत हालेका छन् । यद्यपि सो उजुरी के भयो वा कहाँ पुग्यो सार्वजनिक भएको छैन । गुटग्रस्त राजनीति चलिरहेको यस भेकको नेका राजनीतिमा सभापति कोइरालाले गरेको यो मनोनयनसँगै नयाँ तरंग आउने एक नेका नेताले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।