पूर्व सूचना नै नगरी बुनपा-६ मा नागरीक वडा मञ्च गठन
कपन अनलाइन, १९ भदौ, २०७३बिना सुचना बुनपा-६ को नागरीक वडा मंच गठन सम्पन्न भएको छ अधिकांश स्थानीयवासीले आफुहरुलाई कुनै खबर नगरेको र वडा कार्यालयले समेत कुनै सूचना नदिएको गुनासो गरेका थिए | बिहान ७ :३० बजे सुरुहुने भनिएको कार्यक्रम स्थानीयको अनुपस्थिति भएपछि ढिलोगरी सुरु भएको थियो । केही मानिसहरु जम्मा भएपछि सुरु गरिएको उक्त कार्यक्रममा नागरिक वडा मंचको पुरानो कार्य समितिबाट ८ जना भन्दा बढि अनुपस्थित थिए । नागरिक वडा मञ्च गठन गर्न आएका वडा कार्यालयका प्रतिनिधिहरु नै नागरिक वडा मंच गठन गर्न प्रतिनिधि चुन्न ब्यस्त थिए ।
नागरिक वडा मंच गठन नियमावाली बमोजिम राजनीतिक दलका सदस्य लिएका कुनै पनि ब्यक्तिहरु मन्चमा रहन नपाउने नियमावली भएता पनि एमाले राजनीतिक दलका कार्यकर्ताको बाहुल्यता रहेको वार्ड नागरिक मंच ६ मा राधा शाह नागरिक वडा मंचको संयोजकमा निर्चाचित भइन् | सह संयोजकमा निबर्तमान संयोजक विजय लामा चुनिएका छन् उनी पनि एमाले नै हुन् । विजय लामा सहसंयोजक पदमा आए पश्चात धेरैले हेड मास्टर भएर अवकाश लिए पछि नि मास्टरी गरेको भनेर व्यंग गरेका छन्