तेजले बालउद्धारका बालबालिकालाई उपहार दिएर जन्मदिन मनाए

तेजले बालउद्धारका बालबालिकालाई उपहार दिएर जन्मदिन मनाए

14030835_830117220423797_1480900390_n

कपन अनलाइन, ३ भाद्र, २०७३

पछिल्ला केही वर्षदेखि जन्मदिनका अवसरमा विभिन्न सामाजिक काममा आफूलाई सरिक गराउनेहरु बढेका छन् । बुनपा क्षेत्रमा सामाजिक अभियान्ताको रुपमा सक्रिय तेजबहादुर रोक्काले पनि आफ्नो जन्मदिन सामुदायिक स्कूलका बालबालिकालाई लुगा तथा स्टेस्नरी बाँडेर मनाए । ४१ वर्ष लागेका रोक्काले बुनपा १२ स्थित बालउद्धार उच्च माविका २० जना विद्यार्थीलाई टिसर्ट तथा स्टेस्नरी बाँडेका थिए ।

14074489_830117217090464_303730827_o

बालउद्धार उच्चमावि प्रांगण भएको औपचारिक कार्यक्रममा तेज रोक्काको सामाजिक अभियानका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममालाई सम्बोधन गर्दै तेजबहादुर रोक्काले आफूले दुःखले आजका दिनसम्म आएको सम्झना गर्दै बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको भविष्यका लागि आफू केही गर्न लालयित रहेको बताए । कार्यक्रममा केशव पाठक, सागर बैजु, नारदमणि भण्डारी र डोरप्रसाद आचार्यले रोक्काको सामाजिक व्यक्तित्वको चर्चा गरेका थिए । अनाथ बालबालिकाको संरक्षणमा समेत क्रियाशिल रहेको रोक्का वातावरण र कृषिका क्षेत्रमासमेत सक्रिय छन् ।

14075132_830117537090432_2003786054_o

तपाइँको प्रतिक्रिया ।