चुनिखेलको जनउद्धार माविलाई कम्प्युटर प्रदान

चुनिखेलको जनउद्धार माविलाई  कम्प्युटर प्रदान

कपन अनलाइन, १३ साउन, २०७३

क्षेत्र नं ४ सांसद गगन थापा नयाँ र प्रभावकारी काम गर्न चासो दिन्छन् । चाहे त्यो नेपाली कृषि होस् वा शिक्षा उनी आफ्नो उपस्थिति देखाइहाल्छन् ।  नेपालको सार्वजनिक शिक्षामा आमूल परिवर्तनको आवश्यकताको पक्षपाति हुन् थापा । त्यो आवश्यकतालाई सबैले महसुस गरे पनि परिवर्तन कस्तो हुनुपर्छ र कसरी सार्वजनिक शिक्षामा सुधार गर्न सकिन्छ भन्ने विषयमा  प्रत्यक्ष  सहभागिता जनाउने थोरै वर्तमानका सांसदहरूमध्ये एक हुन् । सांसद गगन थापाले चार्टर स्कुलको अबधारणामा काम गर्ने सोचका साथ चुनिखेलको जन उद्धार मावि मा चार्टर मोडलको पाइलट परिक्षण गर्ने  यसको विश्वसनीयता र प्रभाव हेर्ने प्रयास गरिरहेका छन् ।उनको यो काममा साथ दिएका छन् जर्मन नागरीक  पिट प्याटिसनले ।  यी बिदेशी नागरिक चार वर्षका लागि उक्त परीक्षणलाई सफल बनाउन काममा व्यस्त छन्, चुनिखेलको जनउद्धार माविमा ।  जनउद्धार माविमा  यो परीक्षण सफल भएपछि नेपालभरी नै सार्वजनिक शिक्षामा सकारात्मक परिवर्तन ल्याउनेमा सांसद गगन थापा र पिट विश्वश्त छन् ।

DSC09323 - Version 2

जनउद्धार मावि भौतिक संरचना तथा स्रोतसाधनको अभावमा  संचालन गर्न मुस्किल रहेको अवस्थामा छ। गतवर्षको भूकम्पले विद्यालयको दुई तले भवन पूर्ण क्षति भएपछि सांसद गगन थापाकै पहलमा  दाताहरूको खोजीगरी प्रि-फ्याबको ६ कोठे भवन निर्माण गरि पठन पाठन भइरहेको छ। यो स्कूलमा पिटले अघिल्लो वर्षदेखि  विना कम्प्युटर नै कम्प्युटर विषय अध्यापन गरिरहेका थिए । विद्यार्थी र विद्यालयको शिक्षाको गुणस्तर वृद्धिकालागि कम्तिमा न्युनतम आवश्यकता पूर्ण हुनुपर्ने धारणा राख्ने सांसद गगन थापाले उनकै पहलमा दाता खोजेर हालै यस स्कूलमा कम्प्युटर जडान गराएका छन्। श्रावण १० गते जन उद्धार मविमा पुगेर थापाले कम्प्युटर जडान सहभागि बने । उनकै प्रयासमा दरबार मार्ग रोटरी क्लबले  कम्प्युटर सहयोग गरेको थियो ।

फोटो:रोहित पौडेल

तपाइँको प्रतिक्रिया ।