फ्रेण्डशिप युवा क्लबको विशेष साधारणसभा, अध्यक्षमा फेरी सानुभाइ लामा

कपन अनलाइन, ९ साउन, २०७३

 कपनक्षेत्रको पुरानो सामाजिक संस्था फ्रेण्डसिप युवा क्लबले विशेष साधारणसभा सम्पन्न गरेको छ ।  सुन्दरीजलमा आयोजना गरिएको बिशेष साधारणसभाले आईते लामा( सानुभाईलाई) पुन: अध्यक्षमा निर्वाचित गरेको छ । लामासहित १३ जना सदस्य  विशेष साधारण सभाले आगामी दुई वर्षे कार्यकालकालागि निर्वाचित गरेको जनाइएको छ ।

Kapan

क्लबका १३ जना सदस्य  तथा सुभचिन्तकहरू भेलागराई गरिएको साधारण सभाले   उपाध्यक्षमा नारायण प्रसाद गौतम र किशोर गुरुङ , सचिबमा सुमन थापा,कोषाध्यक्षमा कर्ण लामा, सह- कोषाध्यक्षमा मोहन लामा,सह-सचीवमा गणेस लामा र सदस्यहरुमा रिना महर्जन,मिन कु लामा,अस्विन श्रेष्ठ ,सानु लामा,रामचन्द्र महर्जन र हरिबाहदुर लामालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।