पेश्कि फर्स्यौट विषय तात्दै, ३० गतेको सर्वजनिक सुनुवाइमा पेश्कि विषय हावी हुने

पेश्कि फर्स्यौट विषय तात्दै, ३० गतेको सर्वजनिक सुनुवाइमा पेश्कि विषय हावी हुने

13598918_805164449585741_293407670_n

कपन अनलाइन, २७ असार, २०७३

साविक ६ वटा गाविस मिलेर बनेको बुढानिलकण्ठ नगरपालिकामा पूर्व गाविस हुँदाको करोडभन्दा धेरै पेश्कि फस्र्यौट हुन सकेको छैन । पेश्कि फस्र्यौट नभए पनि पेश्कि लिएका व्यक्ति तथा संस्थाहरु धमाधम नगरपालिकामा नयाँ बजेट लिनका लागि धाउन मात्र हैन कतिपय व्यक्ति नगरपालिकाको समितिमा समेत बस्न थाले पछि यो विषय तातेको हो । सरकारी बजेट विकास वा अन्य गतिबिधिका लागि लगेर समयमा काम सकेर फस्र्यौट गर्नु पर्नेमा कामको गतिबिधिलाई अनुगमन समितिमार्फत अवलोकन गराई बिलभर्पाई बुझाउने काम नगरी बस्नेहरु यतिखेर नगरपालिकामा बिभिन्न शीर्षकमा बजेट माग्न धाएका देखेपछि बुनपा कार्यालयले उनीहरुको नाम सार्वजनिक गर्ने सम्मको सोच विकास गरेको हो ।

बुनपाको कार्यालयलको यस पेश्कि फस्र्यौट सम्बन्धि कार्यलाई कपन अनलाइनले नियमित प्रकाशन गर्दै साथ दिँदै आएको छ । कपन अनलाइनमा नियमित रुपमा पेश्कि फस्र्यौटसम्बन्धि विषय प्रकाशन हुन थालेपछि पेश्कि भएकाहरु नगरपालिका आउन थालेको बुनपा कार्यालय श्रोतले बताएको छ । केही बजेट फस्र्याैटसमेत भएको छ । एकजनाले नगद १ लाख बुझाउनसम्म आइसकेको नगरपालिकाले बताएको छ । पेश्कि फस्र्यौट नगरेका कारण फोटोसहित नाम सार्वजनिक होला भन्ने डरले सबै पेश्कि फस्र्यौट नगर्नेहरु विस्तारै नगरपालिकामा आउन थालेको बताइएको छ । कपन अनलाइनले आगामी साउन ७ गते पेश्कि फस्र्यौट नगर्नेहरुको नामावली प्रकाशन गर्दैछ । पेश्कि फस्र्यौट नगर्नेहरु ८५ प्रतिशत राजनीतिक दलहरुको नाम चलेका नेता तथा कार्यकर्ता भएकाले पेश्कि फस्र्यौट गर्न राजनीतिक दलहरु पनि तात्तिन थालेको बताइएको छ ।

यसैबीच बुढानिलकण्ठ नगरपालिका कार्यालयले आउँदो असार ३० गते बिहिबार नियमित सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दैछ । गोल्फुटारको बास्केटबल कोर्टमा बिहान ८ बजे आयोजना गरिने सो सार्वजनिक सुनुवाईको कार्यक्रममा पनि पेश्कि विषय जोडतोडले उठाइने भएको छ । विशेष गरेर यस नगरपालिकाका युवाहरुले पेश्कि फस्र्यौट नगर्नेहरुलाई तत्काल सार्वजनिक गर्न र उनीहरुको तीनपुस्तेसहित सार्वजनिक गर्न दवाव दिने तयार गरिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।