वडा नं १२ को हिलो बाटोको अस्थायी समाधान शुरु भयो, अरु वडामा पनि शुरु हुँदै
कपन अनलाइन, २५ असार, २०७३
वर्षासँगै बुनपाको अधिकांश सडकहरू यतिखेर हिलाम्मे भएका छन् । बिभिन्न राष्ट्रिय बजेटबाट बिस्तारका क्रममा रहेका बाटाहरू वर्षाका का्रण हिलाम्मे भए पछि स्थानीय सरोकारवाला पक्षको पहलमा अस्थायी समाधान खोजिएको हो । बुढानिलकण्ठ नगरपालिकाको वडा नं १२ का दुइवटा महत्वपूर्ण बाटोहरूमा हिलो बाटोको अस्थायी समाधान शुरू भएको हो । वडा नं १२ को नागरीक वडा मंच र गगन थापा सांसद कार्यालयको पहलमा बुनपा कार्यालयले यो कार्य शुरू गरेको हो । आजबाट शुरू भएको अस्थायी समाधानको कार्य साततलेदेखि मिलनचोकसम्मको खहरे मार्गमा हिलो भएको बाटो हिलो पन्छ्याउँदै ग्रभेल हालिने छ । यो सँगै साततलेदेखि ह्यान्डबल मैदानसम्मको बाटोको अस्थायी समस्या समाधान गरिने नगरपालिका श्रोतले बताएको छ ।
तस्वीर: खिला सापकोटा
तपाइँको प्रतिक्रिया ।