दोस्रो राया कप २०१६ को उपाधी पेनाङ वातुमाउ एफ.सि. क्लबले हात पार्यो 

दोस्रो राया कप २०१६ को उपाधी पेनाङ वातुमाउ एफ.सि. क्लबले हात पार्यो 

कपन अनलाइन /दिनेश खड्का “खप्तडी“

मलेसिया , २३ असार ।

हालै सम्पन्न राया फुटबल कप २०१६ को उपाधी पेनाङ वातुमाउ एफ.सि. क्लब ले हात पारेको छ ।जुलाई ६ का दिन मलेशियाको पेनाङ्गमा सम्पन्न फुटबल खेलमा एस.एफ.सि. पेनाङ वातुमाउको आयोजनामा भएको राया फुटबल कप २०१६ को उपाधी पेनाङ वातुमाउ एफ.सि. क्लबले पेनाङ युनिक ’ए ’ जाबेललाई ३ का विरुद्ध ५ गोल गर्दै उपाधि हात पारेको थियो । खेलमा जम्मा दस टिम सहभागी रहेका थिए । भने सहभागि सबै टिम नेपाली नै रहेका थिए ।

13582289_1749442451993616_1764750428_o
आयोजक कमिटीका कोषाध्यक्ष राम आचार्यका अनुसार दश टिम मध्ये दुई टिम फाइनल मा पुग्न सफल भयका थिए । खेल को उपबिजेता बन्दै राया कपको दोस्रो उपाधी लिन सफल भयो भने पेनाङ युनिक ’ए ’ जाबेल ले हात परेको छ । खेल को उत्कृष्ट खेलाडीमा किपर विशाल राई छानिएका छन् । खेलको समय अबधि भित्र सबै भन्दा बढी गोल हान्ने रतन थापा पनि उत्कृष्ट खेलाडी चुनिएका हुन । थापाले खेल अबधी भर दश ओटा गोल हान्न सफल भएका थिए ।

13607988_1749442635326931_6717906_n

यस्तै युनिक क्लब जाबेलका सुवास पनि उत्कृष्ट खेलाडी टानिएका छन् । खेल अबधि भरी राम्रो खेल खेलेको मुल्यांकन गर्दै सुवासलाई उत्कृष्ट खेलाडी छनौट भएका आयोजक टिमका कोषाध्यक्ष राम आचार्य ले जानकारी दिनु भएको हो ।

तपाइँको प्रतिक्रिया ।