बुनपा कार्यालय  साविक गाविसको १ करोड ६ लाख पेश्की फस्र्यौट गर्न ताकेता गर्ने तयारीमा 

बुनपा कार्यालय  साविक गाविसको १ करोड ६ लाख पेश्की फस्र्यौट गर्न ताकेता गर्ने तयारीमा 

13515436_799899663445553_1922598122_n

कपन अनलाइन, ११ असार, २०७३

को को हुन् लाखौँको बजेट नतिर्नेहरु सार्वजनिक गरिने 

बुढानिलकण्ठ नगरपालिका बनेको २ वर्ष पुग्न लाग्दा साविक ६ वटा गाविसमा भएका बिभिन्न कामहरुको अझै पेश्कि फस्र्यौट हुन सकेको छैन । १ करोड ६ लाख रुपैँयाको पेश्कि फस्र्यौट नभएको बुढानिलकण्ठ नगरपालिकामा रेकर्ड रहेको छ । साविक ६ वटा गाविसमा चिनिएका व्यक्तिहरुले विकास निर्माण शीर्षकमा लिएको बजेटको पेश्की फस्र्यौट नै नगरी नगरपालिका भएपछि तिनै व्यक्तिहरु बजेट लिन धाएका छन् । कतिपय व्यक्तिले नगरबाट पनि बजेट लगिसकेको बताइन्छ । यसरी गाविस छँदाको पेश्की फास्र्यौट नगर्नेहरुलाई पेश्की फस्र्यौट गर्न ताकेता गर्ने, नाम सार्वजनिक गर्ने तथा कानुनी कारबाही गर्ने सम्मको योजना बनाउने तयारीमा बुढानिलकण्ठ नगरपालिका रहेको थाहा हुन आएको छ । पहिलोचरणमा पेश्की फस्र्यौट गर्न नगरपालिकामा सूचना टाँस गर्ने तथा त्यसको परिणामपश्चात अन्य काम कारबाही शुरु गर्ने नगरपालिकाले जनाएको छ । यदि पेश्की फस्र्यौट गर्न अटेरी गरिरहे उनीहरुको नाम मिडियामार्फत सार्वजनिक गर्दै कानुनी कारबाही गरिनेछ । बुढानिलकण्ठ नगरपालिकाको पेश्की फर्स्यौटसम्बन्धि कार्यलाई कपन अनलाइनले सहयोग गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।