क्षेत्रीय सचिव विनोद चालिसे अब चुपचाप नबस्ने !!

क्षेत्रीय सचिव विनोद चालिसे अब चुपचाप नबस्ने !!

IMG_0179

कपन अनलाइन, ११ असार, २०७३

बुनपा तथा कपन क्षेत्रमा विनोद चालिसे परिचित नाम हो । उनी यतिखेर नेपाली कांग्रेस क्षेत्र नं. ४ निर्वाचित सचिव हुन् । यस अघि उनी साविक कपन गाविस इकाईका सभापति थिए । चालिसे क्षेत्रीय सचिव पदमा विजयी हुँदा आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै ठूलो मतान्तर ल्याएका थिए । ठूलो मतान्तरले सचिव पद जिते पनि उनी नेका क्षेत्र नं. ४ मा अर्थहिनसरह छन् । उनलाई क्षेत्रीय सभापति राजु श्रेष्ठले कुनै पनि स्पेस नदिएको हल्लाबीच चालिसे आफै पनि क्षेत्रीय सभापतिले एकलौटी गरेर अगाडि बढेको बेखुशी प्रकट गर्छन् ।

पार्टी संगठनको काममा व्यस्त रहेका क्षेत्रीय सभापति राजु श्रेष्ठले सबैलाई समेटेर लान नसकेको तथा पार्टीको बिधान विपरित काम गरिरहेको चालिसेको धारणा छ । क्षेत्रीय अधिवेशन भएको लामो समय भए पनि अझै क्षत्रेीय समतिको पूर्ण बैठक नबसेको बताउँदै एकलौटीरुपले क्षेत्रीय सभापति हिँडिदिँदा पार्टीको भविष्य कमजोर बन्नेप्रति आफू सचेत रहेको चालिसेले बताए । सभापतिले आफूलगायत अरु धेरै साथीहरुलाई विपक्षी दललाईभन्दा पनि कमजोर व्यवहार गरेको प्रति दुःख प्रकट गर्दै यतिखेर सबैलाई एक बनाएर जाने किसिमको वातावरण बनाउन पर्ने आवश्यक्ता प्रकट गरे ।

आसन्न स्थानीय तथा प्रान्तीय स्वरुपको निर्वाचनको प्रमुख दायित्व क्षेत्रीय समिति भएकाले सबैलाई समेटेर लैजाने खाले बाटो समात्नु पर्ने भएकोले अब आफू त्यो दिशमा हिँडेका चालिसेको भनाई थियो । उनी यतिखेर महानगर र बुनपाको सबै वडामा भेला आयोजना गर्ने तयारी गर्दैछन् । यसैहप्ता बुनपा १२ उनले एक भेला डाकेर आफ्ना राखेका छन् । उनले यो कुनै व्यक्ति विशेषको बिरोध भन्दा पनि अत्याधिक गुटबन्दि तथा विधानविपरित कामप्रतिको बिरोध हो भन्दै अब आफू यो प्रकृयाको बिरोधका लागि चौतर्फि दवाव सिर्जना गर्ने बताए । यो दवाबमूलक स्वरुपको नेतृत्व आफूले लिँदै सबैलाई एकत्रित र गोलबद्ध बनाएर कुनै गुट हैन नेपाली कांग्रेस हुँ भन्ने भावना विकास गर्न अगाडि बढ्ने उनले बताए ।

तपाइँको प्रतिक्रिया ।