राजु श्रेष्ठ तरुण दल गठन गर्न व्यस्त

राजु श्रेष्ठ तरुण दल गठन गर्न व्यस्त

IMG_0084

कपन अनलाइन, १० असार, २०७३

४ महिना अघि क्षेत्रीय सभापति भएर आएका नेका काठमाडौं क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ सांगठनिका काममा व्यस्त छन् । नेका क्षेत्रीय समितिको पदाधिकारी चयन गर्न अझै अप्ठेरोमा परिरहेका श्रेष्ठ अन्य संगठनको काममा अत्यन्त सक्रिय रहेका छन् । हरेक हप्ता कुनै न कुनै स्तरको सांगठनिक काममा क्षेत्र नं. ४ मा व्यस्त भैरहेका देखिन्छन् । सभापतिको व्यस्तता देखेर कतिपय नेताहरु चकित नै परेका बताइन्छ । क्षेत्र नं. ४ मा नेका भातृ संगठनमध्ये तरुण दलको उपस्थिति विगतमा निकै कमजोर भएको अनुभूति गरेका राजु श्रेष्ठ यतिखेर क्षेत्र नं. ४ भित्र पर्ने महानगर र नगरपालिकाको सबै वडामा इकाई गठन गर्न सक्रिय छन् ।

तरुण दलका माध्यमबाट युवाहरुलाई पार्टीमा स्थान दिन मात्र सकिने हैन स्वतन्त्र बसिरहेको वा अरु पार्टीबाट दिक्क भएर बसेका युवाहरुलाई कांग्रेसतिर मोहित बनाउन सकिने सोच राजु श्रेष्ठको रहेको छ । युवाहरुलाई एकिकृत बनाउने सोचका साथ तरुण दलको इकाई गठन गर्ने पकृयास्वरुप गत शनिवार बुनपा ११ नं. वडा बाट शुरु भएको छ । यो प्रकृया आगामी असार १५ गते बुधबारसम्ममा सकिने सभापति राजु श्रेष्ठले बताए । तरुण दल गठन गर्ने पकृयाका लागि उनले आफ्ना नजिकका साथीहरु राधा घले, गोकर्ण केसी, कर्माछिरिङ शेर्पा, श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ आदिलाई सक्रिय बनाएका छन् । तरुण दल गठनको स्वरुप अनुसार असार १० गते शुक्रबार बुनपा वडा नं. १४ को इकाई गठन हुनेछ ।

तपाइँको प्रतिक्रिया ।