ओली युग समाप्तितिर, अब माधवकुमार नेपाल अम्ब्रेला नेता !!!

ओली युग समाप्तितिर, अब माधवकुमार नेपाल अम्ब्रेला नेता !!!

कपन अनलाइन, जेठ ३१, २०७३/ दृष्टिकोण

Balkumar Nepal
-बालकुमार नेपाल

गत बैशाख पहिलो साता मदन भण्डारी प्रतिष्ठानको ब्यानरमा एउटा राष्ट्रियस्तरको भेला राजधानीमा सम्पन्न भएको थियो । सो भेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली पक्षधरका नेताहरु सहभागि थिए । अध्यक्ष ओलीले यस अघि नै घोषणा गरेका थिए, ‘अब म फेरी पार्टीको अध्यक्ष हुने छैन’ । नवौँ  महाधिवेशनबाट अर्का बरिष्ठ नेता माधव नेपाललाई पराजय गरे लगत्तै उनको प्रतिक्रिया थियो, ‘अव म यो कार्यकाल पनि पूरा गर्छु कि गर्दिन !!”  ओलीको यो भनाई पछि उनी पछिका धेरैले मुख मिठाएका थिए । नवौँ महाधिबेशनको मु्खमा आएर गजबको समिकरण बनेका थियो अहिलेका उपाध्यक्ष बामदेव गौतमसँग । उनी सोझा र इमान्दार मानिन्छन् । जोसँग जतापटि लाग्छन् सबै धित खोलेर लाग्छन् । तर नवौँ महाधिबेशनपछि ओलीले जे बचन दिएका थिए ती पूरा गरेनन् । यसरी पूरा नहुनुमा ओली दोषी थिएनन् । ओलीका पछाडिका मानिसहरुको चलखेल थियो । यसबारे सडकको भाषा सापटी लिएर भन्ने हो भने जनजाति स्वभावका मानिस कुमाईको घुमाईमा परेका थिए ओलीले आफ्नाको कुरा सुन्दा गर्लम्म काँंध थापेको गौतम गुमाउन पुगेका छन् ।

प्रतिष्ठानको सो भेलामा अब ओली गुटबाट कसलाई लडाउने भन्नेमा समूहगत छलफल समेत भयो । उता माधवकुमार नेपालले दशौँ महाधिवेशनको तयारी गरेको भन्दै  छटपटि समेत चलाए । प्रतिष्ठानको सो भेलामा समूहका धेरैले सुझाव दिए, अब दशौँ महाधिबेशनमा अोली गुटको तर्फबाट अध्यक्षको उम्मेदवार खोजौँ ।

सबैलाई थाहा छ, पार्टी नेतालाई  पार्टी सत्ता हातमा रहुन्जेल  पराजित गर्न निकै कठिन हु्न्छ । नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइराला रहुन्जेल शेरबहादुर देउवाको केही चलेन । १५ बर्ष पार्टीको सत्ता हातमा रहुन्जेल माधव नेपालका अगाडि केपी ओली र सिपि मैनालीको केही चलेन । संविधानसभाको पहिलो निर्वाचनमा पार्टीको पराजयपछि नेपालले राजिनामा गरे । तर पार्टी सत्ता प्रभावका हिसावमा केपी ओलीका हातमा जाने पर्ने थियो । तर नेपालले आफुले रुचाइएएको झलनाथ खनालका हातमा सुम्पे । यो सफलतामा पनि पार्टी सत्ताको हात थियो । नेपालको हातबाट सत्ता खुस्केपछि खनालको हातमा पार्टी सत्तामा पुग्यो । उनी यसलाई प्रयोग गरेर फेरी आफै अध्यक्ष भए । पाटीको नवौ महाधिबेशनमा खनाल लगभग तटस्थ बसे । झिनो मतअन्तरले ओली अध्यक्ष भए । यो प्रकरणमा पार्टीको सत्ता तटस्थ हुनु र ओलीप्रति सबैको सहानुभुति हुनु नै उनको सफलताको कारण मानिन्छ ।

पछिल्लो समयमा नेपालका राजनीतिक पार्टीहरुमा ब्यक्तित्व खोज्ने चलन शुरु भएको छ । गुटका नाममा लठ्ठी उठाए पनि हुन्छ भन्ने भ्रम चिरिन थालेको छ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा कोइराला परिवारका उत्तराधिकारी होइनन् । उनी सभापति हुनु अघि पार्टीमा कोइराला बिरासतको बर्चश्व थियो । तर उनीसँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेल कोइरालाका बिरासतका रुपमा खडा भए पनि देउवाको अगाडि उनको ब्यक्तित्व फिक्का थियो । त्यसकारण देउवा सभापति बन्न पाए । यी घटनाले के देखिन्छ भन्ने राजनीतिक दलहरुमा अम्ब्रेला ब्यक्तित्व खोज्ने परिपार्टी शुरु भएको छ ।

अहिले एमालेमा पनि यस्तो अवस्था देखिन्छ । छोटो समयमा भए पनि ओली युग शुरु भएको एमालेमा ओली युग समाप्तितिर देखिदैँछ । ओलीलाई अध्यक्ष बनाउनु र ओली गुटका मानिसलाई अध्यक्ष बनाउनु एउटै होइन । अहिले भेला गरेर जतिसुकै ओलीको उत्तराधिकारी खोजे पनि माधवकुमार नेपाललाई थिच्ने ब्यक्तित्व अर्को देखिदैन । अबको एमाले राजनीतिमा माधवकुमार नेपाल अम्ब्रेला नेताका रुपमा देखिनेछन् । हुन त गुुटका हिसावमा ओलीका पछाडिका मानिसहरु प्रतिबद्ध छन् । उनीहरु ओलीलाई ज्यान दिन तयार हुन्छन् । तर माधव नेपालका मानिसहरु भने पहिला तपाई नै ज्यान दिनुस् भन्ने खालका छन् । तर ओली वा नेपालका लागि ज्यान दिनु र गुटका लागि ज्यान दिनु एउटै कुरा होइन । पार्टीको दशौँ महाधिवेशमा माधव नेपाल आफै चुुनावको मैदानमा उत्रने छन् । तर ओली आफु मैदानमा हुने छैनन् । मैदानमा हुने छ केवल ओली गुट !!!

(लेखक कपन अनलाइनका सल्लाहकार सदस्य हुन्)

तपाइँको प्रतिक्रिया ।