सांसद थापा र भट्टराई विकासका कार्यको अनुगमन गर्दै
कपन अनलाइन, काठमाडौ, जेठ १९, २०७३
चालु आर्थिक वर्ष ०७२÷७३ सकिन १ महिना मात्र बाँकी रहेको बेलासांसद विकास कोष तथा काठमाडौं क्षेत्र नं. ४ का सांसदका कारण उपलब्ध बजेटको अनुगमन शुरु भएको छ । प्रत्यक्षतर्फ निर्वाचित गगन थापा र समानुपातिकतर्फका राजन भट्टराई यतिखेर अनुगमनमा व्यस्त छन् । देशभरीका क्षेत्रहरुमा भएका विकासको कामहरुको तुलनमा काठमाडौंमा क्षेत्र नं. ४ मा धेरै विकास बजेट पारिएको अवस्थामा आफूले प्रदान गरेको बजेट कस्तो अवस्थामा उपयोग भए भन्ने विषयमा अनुगमन भैरहेको जनाइएको छ ।
सांसद विकास कोषअन्तर्गत भएको विकास कार्यको अनुगमनमा टोलटोलमा सांसदहरुलाई आएको देख्दा जनसामान्य तथा राजनीतिक दलका कार्यकर्ता अघिपछि लागेको देखिन्थ्यो । कपनको बालउद्धार स्कूलको अनुगमन गर्न आएका दुर्य सांसदलाई देखेर एक चिनिएका समाजसेवीले आँखाले देख्न सकिने विकासका बजेटलाई यसरी अनुगमन गरिए पनि सभा, सेमिनार तथा ट्रेनिङका नाममा आउने बजेटको अनुगमन, कामको पारदर्शिता तथा प्रभावकारिता भने झनै अन्यौलग्रस्त भएको बताए । कपन अनलाइनसँग कुरा गर्दै उनले यस्ता शीर्षकमा आउने बजेट आमरुपमा नेताहरुले कार्यकर्ता पाल्न प्रयोग भएको देखिन्छ । यद्यपि यसरी अनुगमन गर्नु राम्रो थालनी भएको उनले बताए ।
हेर्नुस् अनुगमनका तस्विरहरु