काठमाडौं क्षेत्र नं. ५ एमालेमा महासचिव पोखरेलका विपक्षी बालकृष्ण श्रेष्ठ अध्यक्षमा निर्वाचित

काठमाडौं क्षेत्र नं. ५ एमालेमा महासचिव पोखरेलका विपक्षी बालकृष्ण श्रेष्ठ अध्यक्षमा निर्वाचित

कपन अनलाइन, काठमाडौँ, जेठ १६, २०७३

नेकपा एमाले काठमाडौ क्षेत्र नं ५ को अध्यक्षमा माधव नेपाल पक्षीय बालकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । एमाले महासचिवको हस्तक्षेपपूर्ण भूमिका भएको भनेर हल्ला गरिएको यस क्षेत्रमा श्रेष्ठको विजयलाई महत्वका साथ लिइएको छ । विष्णुबुढानिलकण्ठ गाविसका पूर्व गाविस अध्यक्षसमेत रहेका श्रेष्ठ क्षेत्र नं. ५ का प्रिय नेता मानिन्छन् ।

13327415_272219323124877_2231425110845795273_n

आन्तरिकरुपमा तीनपक्षीय निर्वाचन भएको भनिएको यस क्षेत्रमा अध्यक्ष पदमा नेपाल पक्षीय श्रेष्ठ निर्वाचित भए पनि अन्य पदाधिकारी भने ओली पक्षीय र पोखरेल पक्षीय नेताहरु विजयी भएका छन् । उपाध्यक्ष ध्रुव थपलिया, सचिव ध्रुवराज पाण्डे, उपसचिव वेखनारायण डंगोल विजयी भएका छन् । थपलिया, पाण्डे र डंगोल तीनैजना नेपाल पक्षीय नभएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।