नारदमणि घिमिरेले गरे वृहत चियापान, सभापति डोटेल ओझेलमा

कपन अनलाइन/चैत २६, २०७२
कपन बहुमुखी क्याम्पसमा कमजोर व्यक्तिहरुलाई सदस्यमा पठाएपछि व्यापक विरोध खपिरहेका नेका बुनपा १२ का सभापति श्याम डोटेललाई अर्काे झट्का लागेको छ । सोही वडाका कांग्रेस नेता नारदमणि घिमिरेले हिजो एक चियापान कार्यक्रम आयोजना गरी नववर्ष ०७३ को शुभकामना आदानप्रदान तथा बदलिँदो राजनीतिक सन्दर्भ बारे जानकारी लिने दिने वातावरण बनाए । सो कार्यक्रममा बुनपा वडा १२ लगायत अन्य वडाका समेत कांग्रेसका अगुवा व्यक्तिहरु सहभागि हँुदा सभापति श्याम डोटेललगायत उनका केही नजिकका साथीहरु भने कार्यक्रममा उपस्थित थिएनन् ।

Dotel Ojhel

पछिल्ला दिनमा एकल निर्णय गर्ने तथा स्थानीयस्तरमा आफ्नै पार्टीका व्यक्तिहरुमा दादागिरी गर्ने आरोप लागिरेहेको पृष्ठभूमिमा डोटेलले गत चैत २० गते गर्ने भनिएको चियापान कार्यक्रम पनि रोकिएको थियो । कपन क्याम्पसको विषयले बदनाम बन्न पुगेका डोटेलको चियापान कार्यक्रममा सहभागिहरुको उपस्थिति निकै कम हुने भयले कार्यक्रम रोकिएको वडा नं. १२ का एक कांग्रेस कार्यकर्ताले कपन अनलाइनलाई बताए ।

12969177_1041982995840759_962375960_n

यसैबीच वडा नं. १२ नेपाली कांग्रेसका पूर्व संयोजकसमेत रहेका नारदमणि घिमिरेले जिल्ला सभापति सबुज बानियाँ तथा क्षेत्रीय सभापति राजु श्रेष्ठ लगायत यस भेकका प्रायः सबै चिनिएका स्थानीय कांग्रेस नेता तथा कार्यकर्ता भेला गरेर शुभकामना आदान प्रदान गरे । कार्यक्रममा संक्षिप्तरुपमा बोल्दै घिमिरेले राजनीतिमा हारजीत भन्ने कुरा गौण भएको र क्रियाशिलता नै जीतका परिसूचक हो भन्दै नेपाली कांग्रेसको संगठन निर्माणमा आफू सदैव सक्रिय रहने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति राजु श्रेष्ठले चियापान कार्यक्रम आयोजना गर्ने अधिकार सबै नेपाली कांग्रेस सम्बन्धित व्यक्तिको अधिकार हो । आफ्ना कार्यकर्ता वा सुभेच्छुकले राखेको चियापानमा आउँदा गुटबन्दी भन्ने आरोप लाग्यो भने त्यो आरोपको खण्डन वा त्यो आरोपको विपक्षमा बस्न आफू तयार रहेको बताए । सभापति श्रेष्ठले यस्ता चियापान कार्यक्रम हरेक सक्रिय नेपाली कांग्रेसका स्थानीय व्यक्तिहरुलाई गर्न आग्रहसमेत गरेका थिए ।

12968789_1041982805840778_378578730_n

कार्यक्रममा प्रमुख अतिथिका स्वरुपमा आएका नवनिर्वाचित क्षेत्रीय सभापति सबुज बानियाँले आफूलाई नेपाली कांग्रेसका हरेक कार्यकर्ताका घरघरमा पुग्न हतारमा रहेको बताउँदै आफु सबै कार्यकर्ताको फोन उठाउने तथा भ्याएसम्म सबैको कार्यक्रममा पुग्ने बताए । अबको नेका जिल्ला समिति पूरानो शैलीको नहुने बताउँदै बानियाँले सबैलाई सक्रिय बन्न आग्रह गरे । कार्यक्रममा सांसद गगन थापा पक्षधर हुँ भन्ने केही व्यक्तिहरु भने उपस्थित देखिएनन् । त्यो अनुपस्थितिप्रति व्यांग गर्दै क्षेत्रीय सभापति राजु श्रेष्ठले पानी र मट्टितेल दुवै तरल भए पनि यसलाई जति घोले पनि छुट्टिने बताए । त्यसकारण मिसाउने प्रयास बेकार हो उनले थपे ।

तपाइँको प्रतिक्रिया ।