राजु श्रेष्ठले बैजु, पौडेल, धिताल, माली र श्रेष्ठलाई क्षेत्रीय सदस्यमा मनोनित गरे

100CANON1

कपन अनलाइन/ चैत २५, २०७२

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन भएको करिब २ महिनापछि सभापति सभापति राजु श्रेष्ठले ५ जना सक्रिय व्यक्तिहरुलाई क्षेत्रीय सदस्य पदमा मनोनित गरेका छन् । केही समयपछि विस्तार गरिन लागेको विभिन्न विभागहरुहरुमा सक्रिय गराउन सकिने चेहराहरुलाई क्षेत्रीय सदस्य मनोनित गर्ने क्रममा पूर्व जिल्ला सदस्य सागर बैजु, पूर्व क्षेत्रीय सदस्य अच्यूत पौडेल, महांकाल हात्तीगौंडाका पूराना नेता गोकुलप्रसाद धिताल, चुनिखेलका सक्रिय स्थानीय नेता भाइनारायण श्रेष्ठ र वडा नं. ३३ का अत्यन्त सक्रिय दिनेश मालीलाई मनोनित गरेका हुन् ।

IMG_0227
हिजो चक्रपथमा आयोजित एक अनौपचारिक भेलामा मनोनित सदस्यहरुलाई महासमिति सदस्यहरु नरोत्तम बैद्य, कर्माछिरिङ शेर्पा, जानु घिमिरेले क्षेत्रीय सदस्य पदको पत्र प्रदान प्रदान गरेका थिए । भेलालाई सम्बोधन गर्दै सभापति राजु श्रेष्ठले पार्टीलाई जरैदेखि दरिलो बनाउने अभियानमा आफू कटिबद्धरुपमा लागेको बताउँदै सबैलाई हातेमालो गरेर नेपाली कांग्रेस पार्टी बनाउने अभियानमा लाग्न अनुरोध गरे । सभापति श्रेष्ठले सबैलाई मिलाएर जान आफू तयार रहेको बताउँदै त्यसो हुँदा पनि रामे, श्यामे, हरिमात्र व्यक्तिवादी बनेर आफूलाई प्रस्तुत गर्नेहरु बिस्तारै पार्टीको राजनीति कमजोर बन्दै जाने बताए । सभापति श्रेष्ठले पानी र मट्टितेलको उदाहरण दिँदै दुवै समान तरल स्वरुपको भए पनि कहिल्यै मेल नहुने भनेर मेल नहुने विषयमा भने कहिल्यै मेल नहुने संकेत दिए । करिब ३० जना सहभागि भएका भेलालाई पूराना नेता तथा महासमिति सदस्य नरोत्तम बैद्य, कर्माछिरिङ शेर्पासहित उपस्थित विभिन्न व्यक्तिहरुले नव मनोनित क्षेत्रीय सदस्यहरुलाई शुभकामना दिएका थिए ।

IMG_0240

तपाइँको प्रतिक्रिया ।