उदितनारायणका गुरु राघव सम्मानित

उदितनारायणका गुरु राघव सम्मानित

सप्तरी, १३ फागुन । बलिउडका चर्चित गायक उदितनारायण झाका सहपाठी एवम् सङ्गीत गुरु राघव झा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा विजयेन्द्र विनोद कलाबाट सम्मानित हुनुभएको छ ।

सप्तरीको तिलाठी–६ निवासी ६० वर्षीय झालाई कला, संस्कृति, भाषा एवम् साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै साहित्य परिषद् राजविराजले दुई दिन अगाडि एक समारोहका बीच सो पुरस्कारबाट सम्मान गरेको मैथिली साहित्य परिषद्ले जनाएको छ ।

करिब सयभन्दा बढी मैथिली गीत रचना गरिसकेका राघवजी सरस्वती नाट्य कला केन्द्र तिलाठीको सङ्गीत निर्देशक हुनुहुन्छ ।

उहाँका पछिल्ला रचनामध्ये जारी मधेस आन्दोलनमा ‘बहुत सतेले आब नई सहबौ’, र ‘जागु न जागु न कतय सुतल छी मधेशके भैया जागु न’ बोलका अत्यधिक चर्चित गीतमा गीतकार राघवकी १२ वर्षीया नातिनी पायलका कर्णप्रिय स्वर रहेका छन् ।

पाँच वर्षकै उमेरमा बाल कलाकारका रुपमा भूमिका निर्वाह गरी हालसम्म उनले करिब पाँच दर्जन नाटकमा कुशल अभिनय गरिसकेकी छन् ।

सप्तरी जिल्लाको कला क्षेत्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउनुभएका उहाँले मैथिली साहित्य परिषद्बाट पाएको सम्मानबाट आफू एकदमै उत्साहित भएको बताउनुभयो ।

उदित मुम्बईमा स्थापित भएपछि उहाँकै गाउँ भारदहमा उदितनारायण मिथिला सङ्गीत कला केन्द्र खोलिएको बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।