नरहरिको अवस्था संतोषजनक, अहिले २बजे पत्रकार सम्मलेन
कपन अनलाइन/ माघ २६, २०७२
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको आज बिहान असामयिक निधन पश्चात् कोइराला निवास पुगेका कांग्रेस नेता नरहरि आचार्य अचानक ढलेपछि संचार माध्यम गर्मायो । करीब १हप्तादेखि अस्वस्थ्य रहेका आचार्य कोइराला निवासमा ढलेपछि तत्काल गंगालाल हॉस्पिटलमा लागिएको थियो । उच्च रक्तचाप का रोगी समेत रहेका अचार्यलाइ मुटु सम्बन्धि समस्या नदेखिए पछि मष्तिष्क संबंधी उपचार गर्न न्यूरो हास्पिटल लगिएको हो ।
अचार्यलाइ न्यूरो हस्पिटल सार्ने बित्तिकै संचार माध्यममा बिभिन्न थरी समाचारहरु आइरहेको छन् । अचार्यलाइ न्यूरो हास्पिटल ल्याएदेखि सँगै रहेका नेका क्षेत्र नं 5 का क्षेत्रीय सदस्य बसन्त गौतमले उहाँको अबस्था संचार माध्यममा आएको जस्तो गंभीर अबस्थामा नरहेको बताए । गौतमले उहाँको अबस्था चिंताजनक नभएको भन्दै संचारमाध्यममा आएको खबरप्रति डाक्टर उपेन्द्र देवकोटा समेत चिंतित रहेका छन्। उनले आचार्यको स्वास्थ्य अबस्थाको बारे अहिले २.00 बजे पत्रकार सम्मेलन गरिने बताए ।(फ़ोटो श्रोत