क्रियाशिल विवादपछि १४ नम्बर वडाको समिकरण प्रभावित, दृष्यमा मनोज सिग्देल

क्रियाशिल विवादपछि १४ नम्बर वडाको समिकरण प्रभावित, दृष्यमा मनोज सिग्देल

कपन अनलाइन/माघ ५, २०७२
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको पहिलोचरण नजिकिँदै गरेको अवस्थामा सार्वजिनक भएको क्रियाशिल सदस्यहरुको लिस्टमा चौतर्फि विवाद देखिएको छ । देशैभरी क्रियाशिल सदस्यको नामावालीमा यसरी ठूलो विवाद बढिरहेको बेला बुनपा १४ मा यसअघिको देखिएको समिकरण विग्रने सक्ने सम्भावना देखिएको छ । मृतकको नाममा पनि क्रियशिल नविकरण भएर आएको तथा विदेशमा बसिरहेको मानिसको क्रियाशिल नविकरण भएको तर सक्रियरुपमा नेकाको राजनीतिमा क्रियाशिल धेरैको नाम काटिएपछि यस अघि देखिएको विजेता हुने संभावनाका धेरै अनुहारलाई क्रियाशिल लिस्टले निन्याउरो बनाएको छ भने केही व्यक्ति अप्रत्यासित दृष्यमा आएका छन् । बुनपा १४ मा नयाँ क्रियाशिल लिस्ट सार्वजनिक भएपश्चात पूर्व इकाई कमिटिका सदस्य मनोज सिग्देल दृष्यमा देखिएका छन् । नगर कमिटिमा राजनीति गर्ने मनस्थिति अनुसार अगाडि बढिरहेका मनोज सिग्देलका नजिकका व्यक्तिहरु क्रियाशिल सदस्यमा हावी हुँदा धेरैलाई अप्रत्यासित लागेको छ ।

Desktop8
ट्रेड युनियन कांग्रेसअन्तर्गत व्यापार संघका केन्द्रिय सदस्यसमेत रहेका सिग्देलले इकाईमा खासै चासो नदेखाए पनि करिब ५८ जना क्रियाशिलको लिस्ट भएको वडा नं. १४ मा उनले भनेको मान्ने करिब १ दर्जन व्यक्तिको भोटले बुथ तथा इकाइमा आफ्नो चासो बढेको बताए । कपन अनलाइनसँगको छोटो भेटमा सिग्देलले आफू वा आफ्ना मानिस इकाइमा नउठे पनि जीत हारमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताए । उनले राजनीति कसैको पेवा नभएकोले राम्रो गर्न सक्ने मानिसलाई आफ्नो समर्थन रहने बताए । त्यो राम्रो काम गर्ने भनिएका मानिस को हुन् भन्ने कुरा भने उनले खुलाएनन् । वडा नं. १४ मा इकाई कमिटि सभापतिको रुपमा टंक सापकोटा र होमनाथ तिमिल्सिनाको प्रतिष्पर्धा हुने पक्का भैसकेको छ भने बुथ कमिटिका लागि २ पदमा केशव ढकाल, विश्वनाथ दाहाल, केशव पाठक र वृहस्पति चालिसे प्रतिष्पर्धा गर्दैछन् । महिला बुथ सदस्यमा अहिलेसम्म मन्जु खतिवडाको नाम मात्र अगाडि आएकोले खतिवडा सर्वसम्मत हुने सम्भावना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।