बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १, २ र ३ ले जारी गर्यो सार्वजनिक सूचना
बुनपा ,२९ मङ्सिर । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १, २ र ३ ले आर्थिक वर्ष ०७३÷०७४ सालको लागि योजना पेस गर्न सम्र्पूण वडावासीहरुलाई सावर्जनिक आव्हान गरेको छ ।
नगरपालिकाको संयुक्त वडा कार्यालयले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष ०७३÷०७४ को दोस्रो नगर परिषद्का लागि योजना तथा कार्यक्रमहरु पेश गर्न संयुक्त वडाहरुलाई आग्रह गरेको हो । संयुक्त वडा सचिव अच्युत कार्कीले जारेको सूचनामा वडा नम्बर १ मा पौष ३ गते बिहान ८ बजे श्री जय भद्रकाली निमावि, तौलुङ्ग, वडा नम्बर २ मा पौष ४ गते बिहान ८ बजे वासिकु र वडा नम्बर ३ मा बिहान पौष ५ गते तपस्थलि बृद्धाश्रम महादेव कोलोनीमा वडा भेला हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुस सुचना
तपाइँको प्रतिक्रिया ।