बुनपा काँग्रेश वडा नं १३, १८ र १९ मा जिम्मेवारी प्रदान

बुनपा काँग्रेश वडा नं १३, १८ र १९ मा जिम्मेवारी प्रदान

मंसिर २४, कपन अनलाइन/नेपाली काँग्रेशले देशकै ठूला नगरपालिका बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर १३ मा दीलिप खत्री एंव भर्खरै थपिएको वडाहरु १८ र १९ मा क्रमशः राधेश्याम कार्की र सन्तोष भण्डारीलाई ईकाइ सभापतिको जिम्मेवारी प्रदान गरेको छ ।

Neka
नेपाली काँग्रेशका काठमाडौं जिल्ला समिति सदस्य सागर बैजुले खत्री, कार्की र भण्डारीलाई जिम्मेवारी दिइएको जानकारी दिए ।
वडा नं १३ का जिम्मेवारी पाएका खत्री साविक कपन गाविसमा नेपाली काँग्रेशमा राजनीति गरेका युवा हुन् । त्यसैगरी वडा नं १८ सभापतिको जिम्मेवारी पाएका कार्की नेपाली काँग्रेश कपनका पुराना नेता हुन भने वडा नं १९ को जिम्मेवारी पाएका भण्डारी साविक कपन गाउँ ईकाइ सचिव एंव नेपाल विद्यार्थी संघमा सक्रिय राजनीति गरेका युवा हुन् ।

तपाइँको प्रतिक्रिया ।