यस्तो हुनेछ ग्यालेक्सी एस ७

काठमाडौँ, मंसिर(एजेन्सी) : सामसुङले आगामी वर्ष ग्यालेक्सी एस ७ सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त स्मार्टफोनको सुविधाका बारेमा तथा डिजाइनका बारेमा विभिन्न सूचना तथा फोटोहरू अघिल्ला महिनाहरूमा पनि सार्वजनिक भइरहेका छन् ।

galaxy-s7

तर, भर्खरै उक्त स्मार्टफोनको डिजाइन तथा फोटोहरू सार्वजनिक भएको छ । लिक भएको सूचना अनुसार ग्यालेक्सी एस ७ सामसुङकै ग्यालेक्सी एस ६ भन्दा सस्तो हुने बताइएको छ । तर, कम्पनीले भने यसबारे केही जानकारी दिएको छैन् ।

samsung-galaxy-s7

यो स्मार्टफोन दुई फरक-फरक सुविधाका साथ सार्वजनिक हुने बताइएको छ । ती दुवै स्मार्टफोनमा फरक-फरक प्रोसेसर हुनेछन् । स्याम मोबाइलका अनुसार यसको एक स्मार्टफोनमा आफ्नै इक्सिनस ८८९० प्रोसेसर प्रयोग गरिने छ भने अर्को स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८२० प्रयोग गरिनेछ । क्वालकमको यो प्रोसेसर अन्य कुनै पनि स्मार्टफोनले प्रयोग नगरेको बताइएको छ ।
यस स्मार्टफोनमा युएसबी टाइप सी हुने सम्भावना रहेको बताइएको छ । अन्य कम्पनीका नयाँ स्मार्टफोनले पनि यस्तो पोर्ट दिन सुरू गरिसकेकाले यस्तो सम्भावना जनाइएको हो । साथै यसमा माइक्रो एसडी कार्ड सपोर्ट पनि दिइनेछ ।

जीएसएम एरीनाले केही फोटोहरू सार्वजनिक गरेको छ । जसले ग्यालेक्सी एस ७ को डिजाइन भन्दै केही तस्विर राखेको छ । उक्त वेबसाइटका अनुसार फोनको साइज एस ६ जत्रै हुने तर डिजाइनमा यो फोन केही अलग हुने बताइएको छ । यसका साथै लिक भएको फोटोमा यसको मेटल र ग्लास बडी देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।